न्यायाधीश नभइकन घर जाने भए मुख्य रजिष्ट्रार ढकाल, मुख्य रजिष्ट्रारमा पौडेलको सम्भावना


काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाक न्यायाधीश नभइकन घर जाने भएका छन्। ५८ वर्षे उमेर हदका कारण मुख्य रजिष्ट्रार ढकाल साउन ११ गते (आज) बिदाइ भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
२०८० पुसमा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएका ढकाल आधा कार्याकाल पनि चलाउन नपाइ घर जाने भएका छन्। मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश भएर गएपछि उक्त ठाउँमा ढकालले ‘चान्स’ पाएका थिए। तर, उनी न्यायाधीश नभइ मुख्य रजिष्ट्रारबाटै घर जाने भएका हुन्। न्याय परिषद्का सदस्य दामोदर खड्का विदेशमा भएकाले न्याय परिषद्को बैठक बस्ने सम्भावना छैन। त्यसैले मुख्य रजिष्ट्रार ढकाल न्यायाधीश नभइ घर जाने भएका हुन्। न्यायाधीश नभइ सेवानिवृत्त हुने पहिलो मुख्य रजिष्ट्रार ढकाल बन्ने भएका छन्।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भने विमल पौडेल बन्ने सम्भावना छ। ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए। ढकालको ठाउँमा पौडेल आउने निश्चित जस्तै देखिन्छ।

न्याय सेवा, न्याय समूहका ३ जना सचिव रहेका छन्। विमल पौडेल, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेल न्याय समूहका सचिव हुन्। मगर र पोखरेलभन्दा पौडेल करिब ६ महिना अघि रजिष्ट्रार (सचिव)मा बढुवा भएका थिए। त्यसैले पौडेलले मुख्य रजिष्ट्रारमा बाजी मार्ने देखिन्छ। न्याय समूहका सचिव पौडेल र पोखरेल सर्वोच्च अदालतको रजिष्ट्रारको भूमिका छन् भने मगर न्याय परिषद्को सचिव हुन्।
पौडेलभन्दा पहिला सरकारी वकिल समूहका गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी र लोकराज पराजुली विशिष्ट श्रेणीमा बढुवा भएका थिए। कानुन समूहका सचिव फणिन्द्र गौतम पनि पौडेलभन्दा अगाडि सचिव भएका हुन्। रिजाल ५८ वर्ष लागेर असोज ४ गते घर जाँदैछन् भने गौतम मंसिर १७ गते अवकाश हुने सूचीमा छन्। राजन भट्टराईको नजिर दोहोऱ्याउने हो भने रेग्मीको मुख्य रजिष्ट्रार हुने सम्भावना देखिन्छ। तर, सरकारी वकिलबाट मुख्य रजिष्ट्रार भएर जान त्यति सहज छैन। त्यसैले पौडेल मुख्य रजिष्ट्रारको बलियो दाबेदार बनेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोपालप्रसाद रिमाल, #देवेन्द्रराज ढकाल, #फणिन्द्र गौतम, #भद्रकाली पोखरेल, #मुख्य रजिष्ट्रार सर्वोच्च अदालत, #यमबहादुर बुढा मगर, #लोकराज पराजुली, #विमल पौडेल, #सञ्जीवराज रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ