रुपन्देहीका सिडिओ घिमिरे ९ महिनामै तानिए, पाण्डेले पहिलोपटक नै रूपन्देहीको सिडिओ पाए


काठमाडौं। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरे ९ महिनामै गृह मन्त्रालय तानिएका छन्। कास्कीको सिडिओ चलाएर रूपन्देही पुगेका घिमिरे ९ महिनामै गृह मन्त्रालय फिर्ता बोलाइएका हुन्। रूपन्देहीमा भने डा. टोकराज पाण्डेलाई सिडिओ बनाएर पठाइएको छ।

घिमिरे २०८२ कार्तिक १२ गते रुपन्देही प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए। काठमाडौंपछि आकर्षक मानिने रुपन्देहीको सिडिओमा पाण्डेले पहिलो पोस्टिङमै बाजी मारेका छन्। पहिलो पोस्टिङ नै आकर्षक स्थानमा हुँदा सिडिओलाई महत्त्वहीन बनाउन सक्ने गृह मन्त्रालय कै उच्च अधिकारीहरूको टिप्पणी छ।

पाण्डे लामो समय यातायातमा बिताएर आएका कर्मचारी हुन्। सहसचिव भएपछि पनि उनी यातायात व्यवस्था विभाग कै महानिर्देशक भएर गए। केही समय काठमाडौं महानगरपालिका बसेका पाण्डे गृह बसेकाे केही समय पछि ‘क’ बर्गको सिडिओ पाए । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख चलाएर बसेका पाण्डेले सीधै रूपन्देहीको सिडिओमा बाजी मार्नु आश्चर्यको विषय बनेको छ।

रुपन्देहीको सिडिओ बनाउँदा विगतमा अन्य जिल्लाको सिडिओ चलाइसकेकालाई पठाउने चलन थियो। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले पाण्डेलाई पहिलो पटक सीधै रूपन्देहीको सिडिओ बनाएर पठाएका हुन्।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #डा. टोकराज पाण्डे, #बासुदेव घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ