एक वर्षमै पाँचौं कार्यालय कुमारीचोक पुगेका लेखा उपसचिव दाहालको लोक सेवा जान मरिहत्ते

काठमाडौं। एक वर्षमै लगातार सरूवा भएर पाँचौं कार्यालय कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय पुगेका लेखाका उपसचिव लावण्यराज दाहाल लोक सेवा आयोग जान मरिहत्ते गरेर लागिपरेका छन्। लोक सेवा आयोग जान आफू लागिपरेको उनले स्वीकार गरेका छन्।
लेखा उपसचिवका लागि आकर्षक कार्यालयमा पर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा पूरा अवधि चलाएर एक वर्षभित्रै मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक चक्कर मारेका दाहाल लोक सेवा आयोग जान जोडबल गरिरहेका छन्। कापी काटेर खान लोक सेवा आयोग जान खोजेको उनको तर्क छ। स्वास्थ्य लाइभसँगको कुराकानीमा आफू एक वर्षभित्रमैमै पाँचौं कार्यालय सरूवा भएपनि आकर्षक कार्यालयमा नबसेको दाबी गर्छन्। त्यस्तो राम्रो कार्यालय नबसेकाले आफूलाई अवरवादी कर्मचारी भन्न नमिल्ने उनको जिकिर छ।
मेलम्चीमा भ्रष्टाचार मुद्दा लागेपछि सरूवा मागेर सतर्कता केन्द्र पुगेका विराटनगरका दाहाल त्यहाँ भूइँतलामा अक्सिजन नपुगेर भूमितिर गएको सुनाउँछन्। भूमिबाट पनि कार्यालय प्रमुख हुने भएकाले कुमारीचोक गएको उनको जिकिर छ। ति सबैमा काज खटाइएकाले सरूवा भन्न नमिल्ने उनको तर्क छ। एक वर्षभित्र पाँचौं कार्यालयमा बसेपनि लोक सेवा आयोग जस्तो सामान्य कार्यालयमा सरूवा मागेको उनले सुनाए।
पूर्व सामान्य प्रशासन सचिव शंकरप्रसाद कोइराला एउटै व्यक्तिलाई एक वर्षमा ४/५ ठाउँ सरूवा गर्नु कानुनको दुरूपयोग भएको बताउँछन्। अझ त्यसरी काज सरूवा गर्नु त सुशासनविरूद्धको कार्य भएको उनको टिप्पणी छ। एउटै व्यक्तिलाई लगातार सरूवा गर्नु कानुनको मनसाय र उद्देश्यविपरीत भएको बताउँदै उनले पटक-पटक काज सरूवा गर्नु अनुचित कार्य भएको तर्क गरे।
११ वर्ष महालेखा नियन्त्रक कार्यालय अन्तर्गत झापा, पाँचथर, ओखलढुङ्गा जस्ता कोष तथा लेखा नियन्त्रक कार्यालय बसेको बताउने दाहाल आफ्नै खर्चमा विदेश पढेर आएको बताउँछन्। त्यसै कारण आफूले लोक सेवा जान खोजेको उनको भनाइ छ। आफ्नो खर्चमा तलब नलिई विदेश पढेर आउने आफू एक्लो कर्मचारी रहेको दाहालको दाबी छ।
पाँचथर कोलेनिकामा रहँदा दोस्रो बिबाह गरेका दाहाल पहिलो श्रीमतीसँग ‘डिभोर्स’ गरेर दोस्रो बिबाह गरेको सुनाउँछन्। अधिकृत हुँदा पनि राम्रो कार्यालय नपाएकाले लोक सेवा आयोग गएर राम्रो काम गर्न खोजेको सुनाउँछन्।
दाहाललाई लोक सेवा आयोगका अध्यक्ष सरूवाको सहमति दिएर एक वर्षमै छेटौं कार्यालयमा सरूवा गर्न महालेखा नियन्त्रक शोभाकान्त पौडेल तयार भए उनी लोक सेवा आयोग पुग्नेछन्। पूर्वसचिव कोइरालाले भने जस्तो शोभाकान्त अनुचित कार्य गर्न तयार देखिँदैनन्। यदि शोभाकान्त अनुचित कार्य गर्न तयार भएर उपसचिव दाहाल लोक सेवा आयोग पुगे नै भनेपनि उनले केही समयपछि अर्को कार्यालयमा सरूवा नमाग्लान भन्न सकिन्न।
क्याटेगोरी : समाचार
ट्याग : #लावण्यराज दाहाल
तपाईको प्रतिक्रिया दिनुहोस