डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर


सुनसरी। जिल्ला अस्पताल सुनसरीका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर भएका छन्। डा. राईलाई हातपात गर्ने थापालाई सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको हो। २०८१ कार्तिकमा आफ्नो आमाको उपचारक्रममा लापरबाही गरेको आरोप लगाउँदै इनरुवा नगरपालिका वडा नम्बर ६ का थापाले डा. राईलाई हातपात गरेका थिए। सुनसरीका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासमा उनलाई उक्त घटनामा दोषी ठहर गरेको हो।

थापाको तर्फबाट वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे,हेमराज पोखरेल, मणि दुलाल, प्रकाश पोखरेल लगायतका कानून व्यवसायीहरुले बहस गरेका थिए। त्यस्तै जाहेरवाला डा. राईको तर्फबाट अधिवक्ता बसन्त सुवेदीले वहस गरेका थिए। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनविपरीत थापाले कार्य गरेको अदालतको ठहर छ। थापाको सजाय निर्धारण भने भइसकेको छैन।

इनरूवा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सुमन थापाका सहोदर भाइ खेमराज डाक्टर कुटेर चर्चामा आएका थिए। नेपाली कांग्रेसको इनरुवा नगर समितिका सचिव समेत रहेका थापा अन्ततः डाक्टरमाथि हातपात गरेको अभियोगमा दोषी ठहर भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #खेमराज थापा, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ