आरजुका ३ प्रिय राजदूतहरू एकसाथ फिर्ता बोलाइए

काठमाडौं। कुटनीतिक मर्यादाको खिल्ली उडाउँदै तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको जोडबलमा राजदूत बनेका डा. शैल रूपाखेतीसहित ११ जनालाई फिर्ता बोलाइएको छ। आरजुका अति प्रिय राजदूत दुर्गा बहादुर सुवेदी पनि जापानबाट फिर्ता बोलाइएका छन्।
स्टार अस्पतालमा जमेर बसेका चिकित्सक डा. रूपाखेती आरजुलाई चाकडी गरेकै भरमा जर्मनीको राजदूत ‘बक्सिस’ पाएका थिए। उनी कुनै कुटनैतिक क्षमता, ज्ञान र अनुभव भएर राजदूत भएका हैनन्। उनले जर्मनीमा बसेर नेपाललाई कुनै कुटनैतिक लाभ नभएको पनि परराष्ट्रका अधिकारीहरू बताउँछन्।
बेलायतको राजदूत हुँदा आरजुका आमा-छोरालाई शरण दिएका झापाली दुर्गाबहादुर सुवेदी पनि जापानको राजदूतबाट फिर्ता बोलाइएका छन्। बेलायतबाट फर्किएर जापानको राजदूत भएपछि दुबसुले थापागाउँको बानेश्वर व्याङ्कवेटमा भोज नै दिएका थिए। नारायण खड्का परराष्ट्रमन्त्री हुँदा आरजुको डिजाइनमा जापानको राजदूत भएका सुवेदी बिचैमा फिर्ता बोलाइएका हुन्।
५८ वर्ष पुगेर घर जानुपर्ने सुवेदी करियर राजदूत भएपछि ६० वर्षसम्म राजदूत हुन पाएका थिए। आरजुलाई बेला बेला जापान भ्रमण गराउने र उपचारको चाँजोपाँजो मिलाउने सुवेदी ४ वर्ष नपुगी फिर्ता बोलाइएका छन्। उनका भाइ कृष्ण सुवेदीले हालै आरजु र शेरबहादुरको पासपोर्ट बनाउन सहजिकरण गरेको चर्चा सेलाएको छैन।
आरजुले गृह सचिव र मुख्यसचिव बनाएका लोकदर्शन रेग्मी पनि अमेरिकाको राजदूतबाट तानिएका छन्। मुख्यसचिव शंकरदास बैरागीलाई जिम्मा लगाएर बेलायतको राजदूत भएका रेग्मी ओली- देउवा गठबन्धनको सरकारबाट अमेरिकाको राजदूत भएका थिए। जेन-जी सरकारले अवसरवादी रेग्मीको पनि नेपाल फर्किने ‘टिकट’ काटिदिएको छ।
रेडक्रस डुबाउने मलेसियाका राजदूत नेत्रप्रसाद तिमल्सिनादेखि पद्यकन्या क्याम्पसमा प्राध्यापक हुँदा काण्ड लागेका धनप्रसाद पण्डित समेत इजरायल राजदूतबाट फिर्ता बोलाइएका छन्। केपी ओलीका काका भएकै नाताले चीनको राजदूत भएका कृष्णप्रसाद ओलीदेखि श्रीमतीका कारण पोर्चुगलको राजदूत बन्न सफल सनिल नेपाल छिट्टै नेपाल फर्किने भएका हुन्।
सरकारले फिर्ता बोलाउने निर्णय राजदूतहरू
१. कृष्णप्रसाद ओली – चीन
२. शैल रुपाखेती – जर्मनी
३. धनप्रसाद पण्डित – इजरायल
४. डा. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
५. रमेशचन्द्र पौडेल – कतार
६. जंगबहादुर चौहान – रुस
७. नरेशविक्रम ढकाल – साउदी अरब
८. सनिल नेपाल – स्पेन
९. चन्द्रकुमार घिमिरे – बेलायत
१०. लोकदर्शन रेग्मी – अमेरिका
११. डा. दुर्गाबहादुर सुवेदी – जापान
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस