फर्जी औषधि उपचार खर्च मिनाह गराउन सफल दुबसुले जापान पाएपछि भोज दिने


काठमाडौं । विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारीले फर्जी औषधि उपचारसहित भत्ता मिनाह गराउन भूमिका खेल्ने दुर्गा बहादुर सुवेदी (दुबसु)ले जापानको राजदूत पड्काएपछि भोज आयोजना गरेका छन् । परराष्ट्र मन्त्रालयमा एकपटक पनि राजदूत हुन नपाएका व्यक्तिहरूका अगाडि बेलायतपछि जापानको राजदूत बन्न सफल दुबसुको फुर्ती बेग्लै छ ।

परराष्ट्र मन्त्रालयका ‘डन’ कर्मचारीका रुपमा परिचित दुबसुले जापानको राजदूत नियुक्त भएको अवसरमा शुक्रबार रात्रिभोज दिँदै छन् ।  बेलायतको राजदूत हुँदा चाँजोपाँचो सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलगायतलाई बेलायत, फ्रान्स, जर्मनी लगायतका देश घुमाएर विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारी खाएको फर्जी औषधि उपचारसहितको भत्ता मिनाह गराउन भूमिका खेल्ने दुबसु फेरि जापानको राजदूत भएपछि आतंक मच्चाउन थालेका छन् ।

देशको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा बढी ध्यान दिने दुबसुले जापानका लागि नेपाली राजदूत नियुक्तिको स सुखद अवसरमा भोलि (शुक्रबार) बेलुका साढे ५ बजे थापागाउँको बानेश्वर व्याङ्कवेटमा रात्रिभोज दिन लागेका हुन् ।

सत्ता र शक्तिलाई आफूअनुकूल घुमाउन सक्ने हैसियत बनाएका दुबसुले बेलायतको राजदूत हुँदापनि फर्जी भत्ता मिनाह गराउन सांसदलाई युरोप घुमाउने योजना ल्याएका थिए । उनकै योजना अनुसार सार्वजनिक लेखा समितिका सभापति शाहसहित सदस्यहरु प्रेमबहादुर आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी र समितिका सचिव डा. रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमन, इन्डोनेसिया, साउदी अरबलगायतका देश घुमेका थियो । सरकारी खर्चमा घुमेर आएर लेखा समितिका सदस्यहरुले परराष्ट्रका दुबसुलगायतका परराष्ट्रका कर्मचारीहरुको स्वार्थमा ३० करोड बढी फर्जी भत्ता मिनाह गराउने निर्णय गरेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

दुबसुले आफ्ना भाइहरू कृष्ण सुवेदी (कृसु) र चक्र सुवेदीलाई उपसचिव बनाउने नाममा जथाभावी दरबन्दी थप्न प्रस्ताव गरेका छन् । उनले राज्यलाई अनावश्यक भार पर्ने गरी भाइहरूको बढुवाका लागि दरबन्दी थप्न प्रस्ताव गरेका हुन् ।  परराष्ट्रमा नियोग र दरबन्दी पुनरावलोकन गर्ने र कटौती गर्ने कुरा पटकपटक उठेपनि त्यसलाई लत्याउँदै दुबसु नेतृत्वको समितिले दरबन्दी थप्ने प्रस्ताव गरेको हो । त्यसको उपहारस्वरूप शेरबहादुर देउवा नेतृत्वको सरकारले दुबसुलाई जापनको राजदूत बनाइदिएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का चतुर दुबसुको फन्दामा नराम्रोसँग परेर राष्ट्रलाई अनावश्यक भार हुने गरी दरबन्दी थप्न लागिपरेका छन् । उनी दुबसुकै डिजाइनमा राष्ट्रघाती कदम चाल्न खोज्दैछन् । हालै जापानको राजदूत नियुक्त भएका फर्जी औषधि उपचार भत्तालगायत मिनाह गराउन भूमिका खेल्ने दुबसुको विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गर्ने छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जापान- बेलायत, #परराष्ट्रमन्त्री डा. नारायण खड्का, #फर्जी औषधि उपचार खर्च, #राजदूत डा. दुर्गा बहादुर सुवेदी( दुबसु ), #रात्रिभोज, #सार्वजनिक लेखा समिति भरतकुमार शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com