केपी ओलीले बनाएका मधेश प्रदेशका प्रमुख सधै विवादित


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बनाएका मधेश प्रदेशका प्रमुख सधै विवादित बन्ने गरेका छन्। ओलीको सिफारिसमा मधेश प्रदेशको प्रमुख बनेका डा. राजेश अहिराज झादेखि सुमित्रा सुवेदी भण्डारीसम्म विवादमा परेका हुन्। ओलीले मधेश प्रदेशका प्रमुख बनाएकाहरू विवादमा परेकै छन्।

बर्दिबासको होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएपछि सुमित्रा प्रदेश प्रमुखबाट बर्खास्त भएकी छिन्। बिरामी भएको भनेर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुमित्राले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएकी थिइन्। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो। ओली कै इशारामा चलेर होटलमा सपथ खुवाएपछि सुमित्रालाई जेन-जी समर्थित सरकारले बर्खास्त गऱ्यो। भुइँको टिप्न खोज्दा सुमित्राले पोल्टाको गुमाइन्।

झापा दमककी सुमित्रा प्रधानमन्त्री ओलीका पूर्व परराष्ट्र सल्लाहकार राजन भट्टराई सासूआमा र स्वकीय सचिव इन्द्र भण्डारीको काकी हुन्। सुमित्रालाई दोस्रोपटक संसद् विघटन गरेपछि ओलीले डेनमार्कको राजदूत सिफारिस गरेका थिए। तर, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि सुमित्राको राजदूत चिप्लिएको थियो। त्यसपछि ओलीले मधेश प्रदेशको प्रमुख बनाएकी सुमित्रा होटलको ‘मेन्यू’मा सपथ खुवाउन थालेपछि पछि प्रदेश प्रमुखबाट समेत चिप्लिएकी छिन्। ओलीको ‘हली’ बनेर बितण्डा मच्चाउँदा सुमित्राको प्रदेश प्रमुखबाट अपमानजनक बहिर्गमन भएको हो।

ओलीले नै प्रदेश प्रमुख बनाएका डा. राजेश झा अहिराज पनि किनै विवादित भएर प्रदेश प्रमुखबाट बर्खास्त भएका थिए। झा धोबीखोलाको जग्गा हडपेर झनै विवादित बने। अहिले उनले बलात्कार मुद्दा झेलिरहेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ