म्याग्दीका सिडिओ तिवारी ‘भिजिट भिसा’मा उडे


काठमाडौं। म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारी भिजिट भिसा प्रकरण उडेर गृह मन्त्रालयको जगेडामा आइपुगेका छन्। भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका तिवारी म्याग्दीको सिडिओबाट उडेर गृह मन्त्रालयको जगेडामा आइपुगेका हुन्।

तिवारीलाई सिडिओबाट गृह मन्त्रालय तानेर गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यलाई म्याग्दीको सिडिओ बनाएर पठाइएको हो। भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव तिवारीलाई म्याग्दीको सिडिओबाट हटाएर उनको ठाउँमा भ्रष्टाचारी ठहर भएका टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदाका निजी सचिव रहेका आचार्यलाई पठाइएको छ।

मोरङ र काठमाडौंको सहायक सिडिओ तथा मनाङ र ताप्लेजुङको सिडिओ बनेका आचार्य १ वर्ष गृहको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा बसेर म्याग्दीको सिडिओ बनेका हुन्।

गृह मन्त्रालयको सूचना अधिकारी समेत रहेका चापाकोट नगरपालिका-२, स्याङ्जाका उपसचिव आचार्यलाई म्याग्दीको सिडिओमा बनाइएको हो। पाथीभरामा केबलकार निर्माणका लागि ताप्लेजुङको सिडिओ बनेर गएका आचार्य गोली चलाउने अवस्था आएपछि नेत्रप्रसाद शर्मालाई ‘चार्ज’ बुझाएर फर्किएका थिए। कांग्रेस निकट उनै आचार्य १ वर्ष गृह मन्त्रालयमा बसेर म्याग्दी जान लागेका हुन्। तिवारी भने ४ महिना नपुग्दै सिडिओबाट फिर्ता आउने भएका छन्। ताक परे तिवारी नत्र आचार्य भनेर गृहमा चर्चा चल्ने गरेका रविन्द्रलाई म्याग्दीको सिडिओ बनाएर पठाइएको हो।

तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको सिडिओ भएर गएका थिए। उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिवारीलाई अनुसन्धानको दायरामा तानेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख तिर्थराज भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा तिवारीमाथि पनि अनुसन्धान हुने अख्तियारले सार्वजनिक जानकारी दिएको छ। भिजिट भिसा प्रकरण अख्तियारको अनुसन्धानको दायरामा रहेका तिवारीलाई म्याग्दीको सिडिओबाट उडाइएको हो।

गृहको सूचना अधिकारी सहसचिवको दरबन्दी रहेको प्युठानमा सिडिओ बनेर आएकी उपसचिव रमा आचार्य सुवेदीले पाएकी छिन्।

अख्तियारको छानबिन दायरामा रहेका रामचन्द्र तिवारी संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशकको भूमिकामा छन्। भिजिट भिसा सेटिङ प्रकरणमा गृहको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रहेका रामचन्द्र अध्यागमनको डिजी कै जिम्मेवारीमा हुँदा गृह मन्त्रालय लाई नैतिक संकट परेको छ। रामचन्द्रको जिम्मेवारीको विषयमा पनि पुनर्विचार गर्न गृहमन्त्री ओमप्रकाश अर्यालमाथि चर्को दबाब छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ