६ मेडिकल डाक्टर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपतिक सूचीमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा ६ जना मेडिकल डाक्टर परेका छन्। रास्वपाले बुझाएको समानुपातिक सूची मेडिकल डाक्टरहरूको राम्रै उपस्थिति रहेको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा. अभिषेक सिंहदेखि डा. अंकिता ठाकुरसम्म रहेका छन्। रास्वपमाको समानुपातिक सूचीमा डा. अभिषेक सिंह, डा. अकिंता ठाकुरसहित डा. मनोहर प्रधान, डा. ओजस्वी शेरचन, डा. रामजी राम र डा. रञ्जित परियार रहेका छन्।
सर्लाहीका डा. अभिषेक र धनुषाका डा. रञ्जित मधेशी ‘क्लष्टर’को पुरुषबाट समानुपातिक सूचीमा परेका हुन्। सप्तरीकी डा. अंकिता मधेशी ‘क्लष्टर’ कै महिलाको सूचीमा रहेकी छिन्। दलित पुरूष ‘कलष्टर’बाट रौतहटका डा. रामजी रामको नाम रास्वपाको समानुपातिक सूचीमा परेको देखिन्छ।
आदिवासी/जनजाति पुरूष ‘क्लष्टर’बाट चितवनका डा. मनोहर प्रधानको नाम रास्वपाको समानुपातिक सूचीमा परेको छ। रास्वपाको आदिवासी/जनजाति महिला ‘कष्टकर’मा डा. ओजस्वी शेरचन समानुपातिक सूचीमा परेकी छिन्।
विघटित प्रतिनिधिसभामा डा. चन्दा कार्की रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। डा. तोषिमा कार्की प्रत्यक्ष निर्वाचित भएर सदनमा प्रवेश गरेकी थिइन्। अहिले रास्वमाको समानुपातिक सूचीमा आधा दर्जन चिकित्सक परेका हुन्।
रास्वपाको समानुपातिक सूचीमा विद्यावारिधी(पिएचडी) गरेका डाक्टरहरू डा. नन्दन यादव, डा. राम लामा, डा. निना रेग्मी पोखरेल, डा. सुदन झा, डा. अभिजित गुप्ता, डा. अरनिको पाण्डे, डा. महेन्द्र लावती, डा. ललिता कुमारीलगायत परेका छन्। मेडिकल डाक्टर र पिएचडी डाक्टरबीच रास्वपाको समानुपातिक सूचीमा कडा टक्कर देखिन्छ।




ट्याग : #डा. अकिंता ठाकुर, #डा. अभिषेक सिंह, #डा. ओजस्वी शेरचन, #डा. मनोहर प्रधान, #डा. रञ्जित परियार, #डा. रामजी राम



तपाईको प्रतिक्रिया दिनुहोस