श्रम मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी भण्डारीलाई


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी बाबुराम भण्डारीले पाएका छन्। लुम्बिनी प्रदेशको लोक सेवा आयोगबाट सरूवा भएर आएका भण्डारीलाई श्रम मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो।

श्रमको प्रशासन महाशाखा प्रमुख निश्चलराज पाण्डेको गृह मन्त्रालयमा सरूवा भएका छन्। भण्डारीलाई प्रशासन हेर्ने जिम्मेवारी दिएपछि पाण्डे गृहतिर लागेका छन्। तर, मन्त्रालयको वेबसाइटबाट उनको नाम हटेको छैन।

क्याटेगोरी : समाचार
ट्याग : #बाबुराम भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ