समाज कल्याण परिषद्मा कोषाध्यक्ष र तीन जना सदस्य मनोनित


काठमाडौं। सरकारले समाज कल्याण परिषद्मा कोषाध्यक्ष र तीन जना सदस्य मनोनित गरेको छ। समाज कल्याण परिषद्को कोषाध्यक्षमा दिपक चापागाईं मनोनित भएका छन्। भोलेन्टियर कर्प नेपालका अध्यक्ष समेत रहेका चापागाईं समाज कल्याण परिषद्को कोषाध्यक्षमा मनोनित भएका हुन्।

त्यस्तै समाज कल्याण परिषद्को सदस्यमा दिनेशराज सापकोटा, अनुका लिम्बु न्यौपाने र निगिन सापकोटा मनोनित भएका छन्। उनीहरूलाई समाज कल्याण परिषद्को अध्यक्ष एवं महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ, उपाध्यक्ष नन्दलाल माझी र सदस्यसचिव सरोजकुमार शर्माले परिषद्मा स्वागत गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ