प्रधानमन्त्री देउवाको मानसिक स्वास्थ्यमाथि पर्यटन बोर्डका सिईओको प्रश्न


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलेले प्रश्न उठाएको पाइएको छ । स्वास्थ्य लाइभलाई प्राप्त सिईओको रेग्मीको फेसबुक स्टाटसमा प्रधानमन्त्री देउवालाई तुच्छ शब्द प्रयोग गर्दै मानसिक स्वास्थ्य चेक गराउन सार्वजनिक रुपमै लेखेको पाइएको हो । ‘नेपालमा मेंटल डाक्टर छैन कि के हो । एकपटक शेरेलाई चेक गरौं ना हो । तेस्को बिग्रेको दिमागले र रक्सीको मातमा गरेको निर्णय हामी जनतालाई स्वीकार्य छैन ।’, सिईओ रेग्मीले लेखेका छन् ।

४ वर्ष अगाडि रेग्मीले लेखेको उक्त स्टाटस स्वास्थ्य लाइभले खोजी गर्दा उनले हटाइसकेको पाइएको छ । तर उक्त फेसबुक स्टाटस हेर्दा सिईओ रेग्मी सार्वजनिक पदमा बस्न उपयुक्त पात्र देखिँदैनन् । उनले सेयर गरेर लेखेको स्टाटसमा पनि देउवालाई सार्वजनिक बहिस्कार गर्न आह्वान गरिएको छ ।

संयोग अहिले रेग्मी सिईओ रहेको पर्यटन बोर्डको तालुकदार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत देउवाले सम्हालेका छन् ।

रेग्मीले देउवालाई पर्यटन मन्त्रालयमा वहिष्कार गर्ने र मानसिक रोगको उपचार गर्छन् गर्दैनन् हेर्न बाँकी रहेको मन्त्रालयका अधिकारीहरूको व्यंग्य छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com