प्रधानमन्त्री बन्न बालेनले दिए मेयरबाट राजीनामा
काठमाडौं। प्रधानमन्त्री बन्नका लागि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले राजीनामा दिएका छन्। आईतबारदेखि लागू हुनेगरी मेयर बालेनले राजीनामा दिएका हुन्। उनको राजीनामा उपमेयर सुनिता डंगोलले स्वीकृत गरिसकेकी छिन्। बालेनको राजीनामा स्वीकृत भएसँगै कार्यबहाक मेयरको जिम्मेवारी सुनिताको काँधमा आएको छ।
प्रतिनिधिसभाको चुनाव उठ्न बालेनले स्वेच्छाले राजीनामा दिएका हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। मेयरबाट राजीनामा दिनेवित्तिकै बालेन घण्टीघरमा प्रवेश गरेका छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा-५ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। आईतबार राजीनामा नदिने चर्चाकाबीच बालेन मेयर छाडेर राष्ट्रिय राजनीतिमा होमिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस