वीरको आकस्मिक कक्ष ५५ शैय्याबाट सेवा सुरु
काठमाडौं । लामो समयदेखि भीड र शैय्या अभावका कारण आलोचित रहँदै आएको वीर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । यसअघि ३५ शैय्यामा दिदै आएको आकस्मिक सेवा अब ५५ शैय्यामा सञ्चालनमा आएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा सधैं दबाबमा रहने आकस्मिक कक्षलाई प्राथमिकतामा राखेर विस्तार गरिएको जानकारी दिए । “आकस्मिक कक्षमा देखिँदै आएको संरचनात्मक अभावलाई चरणबद्ध रूपमा समाधान गर्ने उद्देश्यसहित तत्काल ५५ शैय्यामा सेवा विस्तार गरिएको हो,” उनले भने, “केही दिनभित्रै थप २० शैय्या सञ्चालनमा ल्याइनेछ।”
सरकारी अस्पतालमध्ये आम नागरिकको पहिलो रोजाइमा पर्ने वीर अस्पतालमा आकस्मिक कक्षको चाप उच्च रहँदै आएको थियो । शैय्या अभावकै कारण बिरामी र आफन्तले उपचारमा कठिनाइ भोग्नुपरेको अवस्थालाई यो विस्तारले केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस