८ सहसचिवको सरूवा: गण्डकी र मधेशका स्वास्थ्य सचिव फेरिए
काठमाडौं। सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिव फेरेको छ। ८ सहसचिवको सरूवा गर्दा गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिव फेरिएका हुन्। गण्डकी प्रदेशकाे स्वास्थ्य सचिव डा. विश्वबन्धु बगाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्।शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाको गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरूवा भएको छ।
मधेश प्रदेशको स्वास्थ्य सचिव पनि फेरिएका छन्। मधेश प्रदेशका स्वास्थ्य सचिव डा. ओम प्रसाद अर्यालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। मधेश प्रदेशको स्वास्थ्य सचिवमा राम आधार यादवलाई पठाइएको हो।
मधेश प्रदेशमा सरूवा भएका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सरूवा बदर गरिएको छ। उनी कागजी रूपमै मधेश प्रदेशबाट गृह मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्। मधेश प्रदेशमा सरूवा भएका उनी अहिलेसम्म बाराको सिडिओ कै भूमिकामा रहेका छन्। सिडिओको कुर्सी नछाडी मिश्र मधेश प्रदेश पुगेर बाराको सिडिओमा सरूवा भएका हुन्।
अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख अध्यागमन अधिकृत केदारनाथ शर्मा अर्थ मन्त्रालयतिर सरूवा भएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव पदिप परियार उक्त मन्त्रालयमै व्यवस्थापन भएका छन्। सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव छविलाल रिजाल गण्डकी प्रदेशतिर कामकाजमा खटाइएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस