टण्डनको नेतृत्वमा गुठी संस्थानमा विद्वत् समिति गठन


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङनामले गुठी संस्थानमा विद्वत् समिति गठन गरेका छन्। डा. गोविन्द टण्डनको नेत ५ सदस्यीय विद्त समिति गठन भएको हो।

भूमि मन्त्री इङनामले गुठीलाई व्यवस्थित रूपमा सञ्चालनका लागि विद्वत् समिति गठन गर्ने ‘एक्सन प्लान’ बनाएका थिए। ‘एक्सन प्लान’अनुसार नै उनले टण्डनको नेतृत्वमा विद्त समिति गठन गरेका हुन्।

विद्त समितिको सभापतिको सभापतिमा टण्डन मनोनित भएका छन् भने सदस्यमा सञ्जय अधिकारी, रविन्द्र पुरी, चन्द्र शेर्मा लिम्बु र कोण्डन्य रवि मानन्धर रहेका छन्। भूमि मन्त्री इङनामले ४ वर्षका लागि उनीहरूलाई गुठ संस्थानको विद्त समितिमा मनोनित गरेका हुन्।

गुठी संस्थान ऐन, २०३३ को दफा ७ मा विद्वत समितिको परिकल्पना गरिएको छ। उक्त व्यवस्था बमोजिम भूमिमन्त्री इङनामले टण्डनको नेतृत्वमा विद्त समिति गठन गरेका हुन्। २०६४ सालमा टण्डनको नेतृत्वमै गठित विद्त समितिको म्याद सकिएपछि उक्त समिति गठन हुन सकेको थिएन। १८ वर्षपछि उनै टण्डन समितिको सभापति बनेर गएका छन्। पशुपति क्षेत्र विकास कोषमा दोहोऱ्याएका टण्डनले गुठीमा पनि त्यहिँ नजिर दोहोऱ्याएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ