कानुनमा निरौला, सरकारी वकिलमा दाहाल र न्यायमा कोइराला सहसचिवमा सिफारिस


काठमाडौं। न्याय सेवाको कानुन, न्याय र सरकारी वकिल समूहमा सहसचिवहरू सिफारिस भएका छन्। न्याय सेवाको कानुन समूहमा बालकृष्ण निरौला, न्याय समूहमा केदार कोइराला र सरकारी वकिल समूहमा बिना दाहाल सिफारिस भएका हुन्।

आन्तरिक प्रतिस्पर्धामा कानुन समूहको सहसचिव भएका निरौला र न्याय समूहको सहसचिवमा सिफारिस भएका कोइराला कानुन समूहका उपसचिव हुन्। सरकारी वकिल समूहकी उपसचिव दाहाल सरकारी वकिल समूह कै उपसचिव भएकी छिन्।

कानुन समूहमा बालकृष्ण निरौला सिफारिस हुँदा महेन्द्रप्रसाद साँखी वैकल्पिकमा परेका छन्। न्याय समूहमा केदार कोइराला सहसचिव बन्दा ध्रुबबहादुर कुँवर वैकल्पिकमा धकेलिएका छन्। सरकारी वकिल समूहमा बिना दाहाल सहसचिवमा सिफारिस हुँदा गंगा न्यौपाने वैकल्पिकमा पुगेकी हुन्। कोइरालाले न्याय, कानुन र सरकारी वकिल तीनवटै समूहमा नाम निकाले पनि न्याय समूहको सहसचिवमा सिफारिस भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #केदार कोइराला, #बालकृष्ण निरौला, #बिना दाहाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ