स्वास्थ्य मन्त्रालयको दर्ता ‘किर्ते’ गर्ने शिल्पा विराटनगरको उपमेयरमा निर्वाचित


काठमाडौं । स्वास्थ्य मन्त्रालयको दर्ता ‘किर्ते’ गरेर विराटनगर महानगरपालिकाको उपयेपरमा उठेकी  शिल्पा निराला कार्की निर्वाचित भएकी छिन् । शिल्पा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई ११४६१ मत अन्तरले पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पाले २५ हजार ६८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपा अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएका छन् । यो मत अन्तर मेयरमा निर्वाचित कांग्रेसका नागेश कोइरालाकोभन्दा बढी हो । नागेशले नागेशले ८७१५ मत बढी ल्याएर निर्वाचित हुँदा शिल्पाको मत अन्तर ११४६१ रहेको छ ।

मेयरमा नागेशले ३० हजार १७० मत ल्याएर एमालेबाट मेयरका उम्मेदवार सागर थापालाई पराजित गरेका छन् । थापाले २१ हजार ४५५ मत ल्याएका छन् । विराटनगर महानगरपालिकामा ५ दलीय गठबन्धन भएपनि उपमेयर पाएको जसपाले मेयरमा बागी उम्मेदवारी दिएको थियो । जसपका नेता समेत रहेका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत ल्याउन सफल भएका छन् । जसपाले ल्याएको मत र नागेश र सागरबीचको मत अन्तर झन्डै बराबरी देखिन्छ । विराटनगरमा राप्रपा उम्मेदवार प्रह्लाद साहले पनि ५ हजार २१६ मत पाएका छन् ।

यता विराटनगरको उपमेयरमा निर्वाचित शिल्पाले भने स्वास्थ्य तथा मन्त्रालयको दर्ता किर्ते गरेको आरोप लाग्दै आएको छ । उनले उपमेयरको उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगमा पेश गरेको कागजातमा ‘किर्ते’ दर्ता नम्बर हालेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कोशी अस्पतालको विकास समिति सदस्यबाट राजीनामा दिएको पत्रमा किर्ते दर्ता नम्बर हालेको स्वास्थ्य मन्त्रालयले खुलासा गरेको छ । शिल्पाले उपमेयरमा उम्मेदवारी दर्ता गराउँदा उल्लेख गरेको दर्ता नम्बर ७२९९ किर्ते रहेको स्वास्थ्य मन्त्रालयले खुलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उक्त नम्बर सूर्य नेपालले मन्त्रालयलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण था नियमन) ऐन, २०६८ को दफा ८ (१) अन्तर्गतको विवरण पेश गर्दाको दर्ता नम्बर रहेको प्रस्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवका अनुसार दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालि कान्तिपथको सूर्तिजन्य पदार्थ (नियन्त्रण था नियमन) ऐन, २०६८ को दफा ८ (१) अन्तर्गतको विवरण पेश गरिएको विषयमा पत्रहरू दर्ता भएको खुलाएका छन् ।

नेकपा एकीकृत समाजवादी विराटनगर महानगर कमिटीकी सचिव हिरा कुमारी दाहाल (मिरा)ले सूचनाको हक अन्तर्गत मागेको सूचनामा स्वास्थ्य मन्त्रालयले कार्कीले उल्लेख गरेको राजीनामाको दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालिको रहेको स्पष्ट पारेको हो । स्वास्थ्य मन्त्रालयको किर्ते दर्ता नम्बर उल्लेख गरेर उम्मेदवारी दर्ता गराउने उनै शिल्पा उपयेपरमा निर्वाचित भएकी छिन् । उनीमाथि सरकारी छाप दस्तखत किर्ते अन्तर्गको कसूरमा मुद्दा चल्ने सम्भावना छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## कोशी अस्पताल, #विराटनगर महानगरपालिका उपमेयर, #शिल्पा निराला कार्की

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com