एक वर्षभित्र अवकाशमा जाने नेपाल सरकारका सचिवहरू


काठमाडौं। २०८४ भदौभित्र (एक वर्षभित्र) करिब दुई दर्जन सचिव अनिवार्य अवकाशमा जाँदैछन्। नेपाल प्रशासन सेवाका मात्र एक दर्जन बढी सचिव अवकाशमा जाने सूचीमा छन्।

एक वर्षभित्र अवकाशमा जाने प्रशासन सेवाका सचिवमा रविलाल पन्थ,कृष्णबहादुर राउत, महादेव पन्थ, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, कृष्णप्रसाद काप्री, केदारनाथ शर्मा, बिनोदबदादुर कुँवर, राजेन्द्रकुमार पौडेल,डण्डुराज घिमिरे, दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, चूडामणि पौडेल हुन्। पन्थ दाजुभाई- ३ हप्ता र ३ महिनाभित्र अवकाशमा जाने सूचीमा परेका छन्।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते (त्यसको पर्सिपल्ट) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। प्राविधिक सचिवहरू गोपाल ५ वर्ष सचिव चलाएर र सरजु ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। दुई साताभित्र दुई प्राविधिक सचिव अवकाशमा जाने सूचीमा छन्।

महान्यायाधिवक्ता कार्यालयका सचिव (नायब महान्यायाधिवक्ता) सञ्जीवराज रेग्मी असोज १७ गते अनिवार्य अवकाशमा जाँदैछन्। सोही दिन उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी अवकाशमा जाने सूचीमा छन्। दुबै जना ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर उनी अवकाशमा जान लागेका हुन्।

महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत पूस २० र राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस मसान्तभित्र अवकाशमा जाने सूचीमा छन्। राउत ५ वर्ष सचिव चलाएर अवकाशमा जाने सूचीमा परेका हुन्। महादेव पन्थ भने ५८ वर्ष पूरा भएर घर जान लागेका छन्। भाइ रविलाल घर गएको ३ महिनापछि दाइ महादेव घर जाने सूचीमा परेका हुन्।

लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सचिवद्वय दंगाल र निरौला ५ वर्ष सचिव चलाएर घर जाने सूचीमा परेका हुन्। विज्ञान प्रविधि तथा नवप्रवर्तत मन्त्रालयका सचिव दिनानाथ मिश्र चैत २ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।

निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्री २०८३ वैशाख ५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै घर जाने सूचीमा परेका हुन्।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) लोकराज पराजुली जेठ १० गते अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष लागेर अवकाशमा जान लागेका हुन्। रक गृह मन्त्रालयका सचिव सचिव केदारनाथ शर्मा जेठ ३१ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा परेका हुन्।

लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवर असार ४ गते अनिवार्य अवकाश मा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल असार १४ गते र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल असार २३ गते अवकाशमा जाने सूचीमा छन्। पौडेल र दाहाल ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्। निलम्बनमा रहेका सचिव डण्डुराम घिमिरे असार ३२ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दिपक काफ्ले र उपमहालेखापरीक्षकको विन्दु विष्ट साउन १८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। दुवै ५ वर्ष सचिव चलाएर एकैदिन घर जान लागेका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी भदौ ५ गते ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। त्यस्तै शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल भदौ २५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर एक वर्षभित्रै घर जाने सूचीमा परेका हुन्।

एक वर्षभित्र अवकाशमा जाने सचिवहरू

➡️गोपालप्रसाद सिग्देल,

➡️सरजुकुमार वैद्य,

➡️रविलाल पन्थ,

➡️रामेश्वर दंगाल,

➡️सञ्जीवराज रेग्मी,

➡️बैकुण्ठराज अधिकारी,

➡️कृष्णबहादुर राउत,

➡️महादेव पन्थ,

➡️मुकुन्दप्रसाद निरौला,

➡️दिनानाथ मिश्र,

➡️कृष्णप्रसाद काप्री,

➡️लोकराज पराजुली,

➡️केदारनाथ शर्मा,

➡️बिनोदबदादुर कुँवर,

➡️राजेन्द्रकुमार पौडेल,

➡️इन्दिरा दाहाल भट्टराई,

➡️डण्डुराज घिमिरे,

➡️दिपक काफ्ले,

➡️विन्दु विष्ट,

➡️नारायणप्रसाद शर्मा दुवाडी,

➡️चूडामणि पौडेल,

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #इन्दिरा दाहाल भट्टराई, #कृष्णप्रसाद काप्री, #कृष्णबहादुर राउत, #केदारनाथ शर्मा, #गोपालप्रसाद सिग्देल, #चूडामणि पौडेल, #डण्डुराज घिमिरे, #दिनानाथ मिश्र, #दिपक काफ्ले, #नारायणप्रसाद शर्मा दुवाडी, #बिनोदबदादुर कुँवर, #बैकुण्ठराज अधिकारी, #महादेव पन्थ, #मुकुन्दप्रसाद निरौला, #रविलाल पन्थ, #राजेन्द्रकुमार पौडेल, #रामेश्वर दंगाल, #लोकराज पराजुली, #विन्दु विष्ट, #सञ्जीवराज रेग्मी, #सरजुकुमार वैद्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ