यी हुन् पिछडिएको क्षेत्रको कोटाबाट लाभ लिएका सहसचिव


काठमाडौं। पिछडिएको क्षेत्रको कोटाबाट लाभ लिएका सहसचिवहरू आधा दर्जन पुग्न लागेका छन्। पिछडिएको क्षेत्रको कोटाबाट लाभ लिने सहसचिवहरूमा चक्रबहादुर बुढा, पुष्पबहादुर शाही, गोगनबहादुर हमाल, मानबहादुर बम र बसन्तबहादुर बोहरा रहेका छन्।

बुढा र बोहोरा सहसचिवमा पिछडिएको क्षेत्रको आरक्षण लिएका थिए। हमाल पिछडिएको क्षेत्रको उपसचिव हुँदै सहसचिव भएका हुन्। शाही नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रबाट ‘ह्याट्रिक’ हानेर सहसचिव भएका थिए। लेखा अधिकृतमा पिछडिएको क्षेत्रको आरक्षण प्रयोग गरेका शाही आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

सचिव बढुवाको मुखमा रहेका बुढा २०७१ सालमा पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका थिए। जाजरकोटका बुढा बर्दिया पुगिसकेका छन्। उनले आरक्षणको सविधा भने जाजरकोटबाट पिछडिएको क्षेत्रको लिएको पाइन्छ। पछाडिको क्षेत्रको कोटा प्रयोग गरेका बुढालाई सचिवमा बढुवा भएपछि कर्णाली वा सुदूरपश्चिम खटाउन न्यायोचित देखिन्छ।

२०७५ सालमा आन्तरिक प्रतिस्पर्धा (आ.प्र.)बाट सहसचिव भएका जाजरकोटका पुष्पराज शाही लगातार तीनपटक आरक्षण प्रयोग गर्ने व्यक्ति हुन्। निजामती प्रशासनका चर्चित, विवादित र बदनाम पात्र शाहीले पिछडिएको क्षेत्रबाट तीनपटक आरक्षणको सुविधा लिएको पाइन्छ। शाहीले नेपाल प्रशासन सेवाको नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रबाट भएका थिए। पिछडिएको क्षेत्रबाट निरन्तर लाभ लिएका शाहीलाई धरान उपमहानगरपालिका सरूवा गरेपछि सरकारविरुद्ध मुद्दा हाल्न गएका छन्। कम्तिमा पनि दुई वर्ष पिछडिएको क्षेत्रमा खटाउनु पर्ने शाहीलाई धरान जस्तो सुगम शहरमा सरूवा गर्दिएपछि उनले सरकारलाई चुनौती दिएका हुन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल पनि पिछडिएको क्षेत्रको कोटा प्रयोग गरेर उपसचिव भएका हुन्। मेकानिल इन्जिनियर हमाल पिछडिएको क्षेत्रबाट २०७४ साउनमा प्रशासन तर्फको उपसचिव बनेका थिए। जुम्लाका हमालले सहसचिव भने खुला प्रतिस्पर्धाबाट भएका थिए। गोगन २०७५ जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। हमाल पनि पिछडिएको क्षेत्रबाट लाभ लिने सहसचिवमा पर्छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम पिछडिएको क्षेत्रको कोटाबाट लेखा अधिकृत सहसचिव भएका हुन्। कालिकाटका बम २०६६ चैतमा पिछडिएको क्षेत्रबाट लेखा अधिकृत हुँदै २०८२ माघमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। लेखा कै उपसचिव बम कर्णाली प्रदेशमा समायोजन भएर पनि संघरमै बसिरहेका थिए। उनी सहसचिव भएपछि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका छन्।

बसन्तबहादुर बोहरा पिछडिएको क्षेत्रबाट सहसचिव भएका हुन्। बझाङका बोहरा पिछडिएको क्षेत्रबाट सहसचिव भएपछि विरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका छन्। बुढापछि सिधै पिछडिएको क्षेत्रबाट सहसचिव बन्ने बोहरा दोस्रो व्यक्ति हुन्। पिछडिएको क्षेत्रको लाभ लक्षित वर्गले पाउन सकेको छ कि छैन राज्यले समिक्षा गर्ने बेला भइसकेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #गोगनबहादुर हमाल, #चक्रबहादुर बुढा, #पुष्पबहादुर शाही, #बसन्तबहादुर बोहरा, #मानबहादुर बम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ