स-साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि: विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र


काठमाडौँ। शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स-साना प्रशासनिक कामका लागि पनि क्याम्पसहरूले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै यसको मुख्य लक्ष्य हो। ‘विकेन्द्रीकरण नियम २०५५’ लाई समयानुकूल थप अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सामेल नभएका क्याम्पसहरूलाई समेत समेट्ने त्रिविको तयारी छ।

यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसहरूले शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अधिकारको प्रयोगमा मात्र बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ । आफूअनुकूल आर्थिक निर्णय गर्दा विश्वविद्यालयमा बेरुजुको चाङ बढेको भन्दै अब आर्थिक पाटोसँगै शैक्षिक सुधारलाई अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताए।

प्रचलित विकेन्द्रीकरण नियमले अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसहरूलाई अनुदान दिनुका साथै नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र सामान्य कारबाही गर्नेसम्मको स्वायत्त अधिकार दिएको छ । यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्ने बाटो पनि नियमले खुला राखेको छ ।

आर्थिक व्यवस्थापनतर्फ, सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत हिस्सा विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने प्रावधान छ । बाँकी ७० प्रतिशत रकम भने आफ्नै छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ ।

त्रिविको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ८ वटा क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरिसकेका छन् । त्यसैगरी, ७ वटा अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ वटा आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा गइसकेका छन् भने अब जम्मा १२ वटा क्याम्पस मात्र यस प्रक्रियामा जोडिन बाँकी छन् ।

प्रा.डा. भोला थापाले त्रिविको नेतृत्व सम्हाल्नुभएसँगै रोकिएको विकेन्द्रीकरण विस्तारको प्रक्रियाले पुनः गति लिन थालेको हो ।

कुनको अवस्था के ?

 

स्वायत्तता प्राप्त क्याम्पस

महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरान

आयुर्वेद क्याम्पस, कीर्तिपुर

महेन्द्ररत्न क्याम्पस, ताहाचल

जन प्रशासन क्याम्पस, बल्खु

पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार

मेची बहुमुखी क्याम्पस, मेची झापा

धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

 

विकेन्द्रीकृत अध्ययन संस्थान र अनुसन्धान केन्द्र

इन्जिनियरिङ अध्ययन संस्थान

कृषि र पशुविज्ञान अध्ययन संस्थान

चिकित्साशास्त्र अध्ययन संस्थान

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)

नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)

विकेन्द्रीकरणमा गएको क्याम्पस

अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौँ

नेपाल कमर्श क्याम्पस, मीनभवन, काठमाडौँ

शङ्करदेव क्याम्पस, पुतलीसडक, काठमाडौँ

पब्लिक युथ क्याम्पस, धोबीचौर, काठमाडौँ

नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ

विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं

सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत

सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर, कञ्चनपुर

पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरी

पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर

थापाथली क्याम्पस, थापाथली, काठमाडौं

पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्की

लमजुङ क्याम्पस, सुन्दरबजार, लमजुङ

पक्लिहवा क्याम्पस, पक्लिहवा, भैरहवा, रूपन्देही

विराटनगर नर्सिङ क्याम्पस, विराटनगर, मोरङ

वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज, पर्सा

महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज

महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज, काठमाडौँ

पोखरा नर्सिङ क्याम्पस, पोखरा, कास्की

नेपालगञ्ज नर्सिङ क्याम्पस, नेपालगञ्ज, बाँके

मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा

महेन्द्र मोरङ आदर्श क्याम्पस, विराटनगर, मोरङ

स्नातकोत्तर क्याम्पस, विराटनगर, मोरङ

महेन्द्र बहुमुखी क्याम्पस, धरान, सुनसरी

ठाकुरराम क्याम्पस, वीरगञ्ज, पर्सा

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन

भक्तपुर क्याम्पस, भक्तपुर

पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर

त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, काठमाडौँ

पृथ्वीनारायण क्याम्पस, भीमकाली, पाटन, पोखरा

बुटवल बहुमुखी क्याम्पस, बुटवल, रूपन्देही

भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, रूपन्देही

त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा

महेन्द्र बहुमुखी क्याम्पस, दाङ

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज, बाँके

धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

सानोठिमी क्याम्पस, सानोठिमी, भक्तपुर

तेह्रथुम बहुमुखी क्याम्पस, चुहानडाँडा

पोखरा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, पोखरा

हेटौंडा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, हेटौंडा

गोरखा क्याम्पस, गोरखा

डोटी बहुमुखी क्याम्पस, डोटी

विकेन्द्रीकरणमा नगएका क्याम्पस

भोजपुर बहुमुखी क्याम्पस, भोजपुर

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज

सूर्यनारायण सत्यनारायण मोरवेता यादव बहुमुखी क्याम्पस, सिरहा

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर

सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौं

ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौँ

रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ

जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

डडेलधुरा क्याम्पस, डडेलधुरा

विश्वविद्यालय क्याम्पस, कीर्तिपुर

गौरादह कृषि क्याम्पस, झापा

चितवन इन्जिनियरिङ क्याम्पस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ