३ पदाधिकारी नियुक्त भएसँगै पूर्ण भयो लुम्बिनी विकास कोष


काठमाडौं। ३ पदाधिकारी नियुक्त भएसँगै लुम्बिनी विकास कोषले पूर्णता पाएको छ। लुम्बिनीको कोषाध्यक्षमा रमेश शेखर बज्राचार्यले नियुक्ति पाएसँगै कोषले पूर्णता पाएको हो। बज्राचार्य नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) हुन्।

बज्राचार्यसहित ३ पदाधिकारी नियुक्त भएसँगै कोष पूर्ण भएको छ। कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा सन्तोष पाण्डे नियुक्त भएका छन्। उनीहरूले आफ्नो जिम्मेवारी सम्हालिसकेका हुन्।

कोषको सदस्यमा मुकुन्द विष्ट, नरेन्द्र मानन्धर, निश्चल पाख्रिम, विष्णुकुमारी परियार, प्रमिला शाक्य, अर्जुन कुर्मी, डा. अमित केसी र सतिशकुमार कौशल नियुक्त भएका छन्। लामो समयपछि कोषले पूर्णता पाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ