३०-५५ तत्काल लागू भए जोगिने सचिवहरू


काठमाडौं। ३० वर्ष सेवा, ५५ वर्ष उमेर र सचिवको ३ वर्षे कार्यकाल तत्काल लागू हुनेगरी कानुन आए डेढ दर्जन सचिव जोगिने सूचीमा छन्। असोजभित्रै उक्त कानुन कुनै पनि माध्यामबाट आएर लागू भए १७ जना सचिव जोगिने देखिन्छ। पछिल्लो समय सेवा अवधि जोडाएका रहेछन् भने त्यो सूची केही तलमाथि पनि पर्नसक्छ।

अहिलेसम्म सरसर्ती हेर्दा विशिष्ट श्रेणीका (सचिव)हरू विश्वबाबु पुडासैनी, राधिका अर्याल, सरिता दवाडी, खेमराज ज्ञवाली, वीरेन्द्रकुमार यादव, चन्द्रकला पौडेल, भूपाल बराल, निर्मला अधिकारी भट्टराई, उद्वबप्रसाद पुडासैनी, बैकुण्ठ प्रसाद अर्याल, पुष्कर सापकोटा, घनश्याम पराजुली, कमलप्रसाद भट्टराई, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, रूद्रसिंह तामाङ र रामप्रसाद भट्टराई ३०-५५ को खड्गोबाट टाढा देखिन्छन्। महिना थपिंदै जादा भने उनीहरू घर जाने दिन नजिकै देखिन्छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबु पुडासैनी र कर्णाली प्रदेशको प्रमुख सचिव राधिका अर्याल २०८० कार्तिक १६ गते एकैदिन सचिवमा बढुवा भएका हुन्। उनीहरू ३०-५५ लागू हुँदा जोगिन्छन्। तर, संघीय निजामती सेवा कानुन कार्यान्वयन आए एक महिनापछि (कार्तिक १५ गते) सचिवको ३ वर्षे कार्यकाल पूरा गरेर घर जाने अवस्थामा छन्। नेपाल ट्रष्टको कार्यालयको सचिव सरिता दवाडीको पनि मंसिर १२ गते ३ वर्षे कार्यकाल पूरा हुन्छ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीको २०८४ जैठ १७ गते, वीरेन्द्रकुमार यादव २०८४ चैत ११ गते ३ वर्ष कार्यकाल पुग्ने देखिन्छ। सचिवमा बढुवा भएको एक वर्ष कट्नेमा उपराष्ट्रपति कार्यालयकी चन्द्रकला पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बराल र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव निर्मला अधिकारी भट्टराई रहेका छन्।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता उद्वबप्रसाद पुडासैनी, महालेखा नियन्त्रक बैकुण्ठ प्रसाद अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र उपमहालेखापरीक्षक घनश्याम पराजुली विशिष्ट श्रेणीमा बढुवा भएको एक वर्ष पनि पुगेको छैन।

बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराई, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट र सुदूरपश्चिमका प्रमुख सचिव उत्तरकुमार खत्री विशिष्ट श्रेणीमा बढुवा भएको महिनाको हिसाब आउँछ। विशिष्ट श्रेणीमा बढुवा भएको दिनगन्तीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङ र न्याय परिषद्का सचिव रामप्रसाद भट्टराई आउछन्। उनीहरूलाई ३०-५५ तत्काल लागू हुँदा केही फरक पर्दैन। प्रदेशमा भएका सबै प्रमुख सचिव एकैचोटी संघमा आउने अवस्था बन्न सक्छ।

३०-५५ लागू भए तत्काल नछुने विशिष्टहरू

🌑विश्वबाबु पुडासैनी,

🌑राधिका अर्याल,

🌑सरिता दवाडी,

🌑खेमराज ज्ञवाली,

🌑वीरेन्द्रकुमार यादव,

🌑चन्द्रकला पौडेल,

🌑भूपाल बराल,

🌑निर्मला अधिकारी भट्टराई,

🌑उद्वबप्रसाद पुडासैनी,

🌑बैकुण्ठप्रसाद अर्याल,

🌑पुष्कर सापकोटा,

🌑घनश्याम पराजुली,

🌑कमलप्रसाद भट्टराई,

🌑नारायणप्रसाद भट्ट,

🌑उत्तरकुमार खत्री,

🌑रूद्रसिंह तामाङ,

🌑रामप्रसाद भट्टराई,

 

क्याटेगोरी : समाचार
ट्याग : #उत्तरकुमार खत्री, #उद्वबप्रसाद पुडासैनी, #कमलप्रसाद भट्टराई, #खेमराज ज्ञवाली, #घनश्याम पराजुली, #चन्द्रकला पौडेल, #नारायणप्रसाद भट्ट, #निर्मला अधिकारी भट्टराई, #पुष्कर सापकोटा, #बैकुण्ठ प्रसाद अर्याल, #भूपाल बराल, #राधिका अर्याल, #रामप्रसाद भट्टराई, #रूद्रसिंह तामाङ, #विश्वबाबु पुडासैनी, #वीरेन्द्रकुमार यादव, #सरिता दवाडी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ