गोरखा दुईमा रास्वपाका बुर्लाकोटी निर्वाचित हुँदा चक्रे मिलन चौथो भए


काठमाडौं। गोरखा क्षेत्र नम्बर दुईबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बनेका गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ चौथो स्थानमा खुम्चिएका छन्।
रास्वपाका बुर्लाकोटीले २६,६६० मत प्राप्त गरेर विजयी हुँदा मिलनले ३०८७ मत पाएका हुन्। बुर्लाकोटीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११,७०० मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका थिए नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११,०७३ मत प्राप्त गरेका हुन्।
नेकपा एमालेका उम्मेदवार मिलनको मत परिणाम भने ‘टर्च लाईट’ बालेर खोज्नु पर्ने अवस्थामा देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ