समानुपातिकमा रास्वपाले ४० लाख कटायो, कांग्रेस-एमाले प्रतिस्पर्धामा


काठमाडौं। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतगणना जारी छ। समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख कटाएको छ। निर्वाचन आयोगका अनुसार रास्वपाले ४० लाख ५० हजार ७५३ मत ल्याएको छ। ८३ लाख ८२ हजार ९८४ मत गणना हुँदा रास्वपाले ४० लाख नघाएको हो।

नेपाली कांग्रेसले समानुपातिकमा १३ लाख ६१ हजार ४३१ मत प्राप्त गरेको छ। नेकपा एमालेले ११ लाख ५१ हजार २५६ मत र नेकपाले ५ लाख ९२ हजार ४१० मत प्राप्त गरेको हो।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ६३ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७७ हजार १३ मत ल्याउदा ल्याएर थ्रेस होल्ड कटाउने प्रयासमा देखिन्छ।

जसपा, नेपाल, राष्ट्रिय परिर्वत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतले भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ