समानुपातिकमा नबज्ने भयो कुलमानको मुरली


काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकमा मुरली (बाँसुरी) चुनाव चिन्ह भएको राष्ट्रिय परिवर्तन पार्टीबाट समानुपातिकमा भोट मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीमा कुरा नमिलेपछि उज्यालोमै फर्किएका घिसिङले समानुपातिकमा भने अर्को पार्टीमा आफ्ना उम्मेदवार राखेर भोट मागेका थिए। तर, निर्वाचन आयोगले झन्डै १ करोड ४ लाख मत समानुपातिकको मत परिणाम सार्वजनिक गर्दा कुलमानको मुरली बज्ने छाँट देखिँदैन।

उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्यायलाई एक नम्बरमा राखेर राष्ट्रिय परिवर्तन पार्टीको मुरली चुनाव चिन्हमा कुलमानले समानुपातिकमा भोट मागेका थिए। तर, राष्ट्रिय परिर्वतन पार्टीले समानुपातिकमा डेढ लाखभन्दाकेही बढी मात्र भोट ल्याएकाले कुलमानको मुरली नबज्ने देखिएको हो।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी ५० लाख भोट कटाउने कसरतमा छ। नेपाली कांग्रेस नेपाली कांग्रेस १७ लाख, नेकपा एमाले १५ लाख, नेपाली कम्युनिस्ट पार्टी ८ लाख, श्रम संस्कृति पार्टी ४ लाख र राष्ट्रिय प्रजातन्त्र पार्टी साढे ३ लाख मत पुऱ्याउने कसरतमा छन्। जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय परिवर्तन पार्टी २ लाख मत पुऱ्याउन लागिपरेका छन्। तर, उक्त सम्भावना न्यून छ।

जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय परिवर्तन पार्टीले थ्रेसहोल्ड कटाउन ३ लाख बढी मत ल्याउनु पर्ने भएकाले उनीहरूले थ्रेसहोल्ड कटाउने अवस्था छैन। त्यसैले यसपटक कुलमानको समानुपातिकमा मुरली नबज्ने भएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ