समानुपातिकमा रास्वपाले ५० लाख कटायो, कांग्रेस १७ लाखको कसरतमा
काठमाडौं। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतगणना जारी छ। समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख कटाएको छ। निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख ५२ मत ल्याएको छ। १ करोड ४ लाख १९ हजार २३४ सदर मतमा रास्वपाले ५० लाख नघाएको हो।
नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख पुऱ्याउने सम्भावना छ। कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत र नेकपाले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको हो।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ३ लाख ५८ हजार ४१५ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत ल्याएर थ्रेसहोल्ड कटाएका छन्। जसपा, नेपाल, राष्ट्रिय परिर्वत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतले भने थ्रेसहोल्ड नकटाउने भएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस