अत्यावश्यक ओैषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ


काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र ओैषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् ।

उनले औषधि महङ्गो भएको कारणले बर्षेनी पाँच लाख जना मानिस गरिवीको रेखामुनी पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरिय औषधि पाउनुपर्ने बताइन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउन जाेड दिए । स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सवै औषधि नेपाली औषधि उद्योगबाट उत्पादन भएका लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

“भरसक हाम्रै औषधि उद्योगबाट उत्पादन भएका औषधि बीमा बोर्डबाट विवरण गरिने व्यवस्था गर्नुपर्ने छ” उनले भने, “नेपाली औषधिको खपत बढाउने हो भने मुलुकको अर्थतन्त्रमा सुदृढ हुन्छ ।”

राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिए ।

नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रवलजंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिंदै प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने बताए।

नेपाल ओैषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी ओैषधि ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले औषधि ऐन नेपाली औषधिको पक्षमा बन्ने हो भने पाँच बर्षमा मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने धारणा राखे ।

बंगलादेश र भारत ओैषधि उत्पादन गर्ने विश्वका ९८ प्रतिशत भन्दाबढि ओैषधि उत्पादन गर्ने देश भएको बताउँदै नेपाली उद्योगलाई पनि भारत र बंगालादेशका तुलनामा कम मुल्यमा ओैषधि उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिए । एपोनका पूर्व अध्यक्ष दीपक दाहालले सरकारले नेपाली औषधिलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

क्याटेगोरी : समाचार
ट्याग : ##APON

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ