यी हुन् नेकपा एमालेले समानुपातिकमा छानेका १६ सांसद
काठमाडौं। नेकपा एमालेले समानुपातिकमा १६ जना सांसद छानेको छ। नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो।
नेकपा एमालेका आदिवासी/जनजाति महिलाबाट भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ समानुपातिक सांसद बनाउने भएको छ। भूमिका पूर्वमन्त्री बसन्त निम्बाङकी श्रीमती हुन्। एमालेले आदिवासी/जनजाति पुरूषबाट पूर्वमन्त्री रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई समानुपातिक सांसद बनाउने भएको हो।
खस आर्यमा ५ जना छान्नु पर्नेमा महिलाबाट पद्माकुमारी अर्याल र टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)बाट समानुपातिक सांसद बन्ने भएका छन्। एमालेले खस आर्य पुरूषमा गुरु प्रसाद बराल र पुष्पराज कँडेललाई समानुपातिक सांसद बनाउने भएको हो। कँडेललाई समानुपातिक सांसद बनाएसँगै कोमल वलीको भाग खोसिएको हो।
थारुबाट कृपाराम राना र दलितबाट विष्णुमाया वी.के. र नीता घटानी समानुपातिक सांसद बन्ने भएका हुन्। मधेशी महिलाबाट रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषबाट चन्द्रेश्वर मण्डल समानुपातिक सांसद बन्ने भएका छन्। एमालेले मुस्लिमबाट साजिदा सिद्दीकीलाई समानुपातिक सांसद बनाएको हो। निर्वाचन आयोगले उक्त सूचीबाट मिलाएर समानुपातिकको नजिता सार्वजनिक गर्नेछ।


तपाईको प्रतिक्रिया दिनुहोस