हर्क साम्पाङको पार्टीले छान्यो समानुपातिकमा ४ सांसद
काठमाडौं। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सांसद छानेको छ। उक्त पार्टीले समानुपातिक सांसदमा ३ महिला र १ पुरुषलाई छानेको हो।
आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ। एक पुरूषमा भने आदिवासी,जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस