यी हुन् राप्रपाले छानेका खुस्बु ओलीसहित ४ सांसद
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले खुस्बु ओलीसहित ४ जना समानुपातिक सांसद छानेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको धुम्बाराहीमा आइतबार बसेको बैठकले ओलीसहित ४ जनाको नाम समानुपातिकमा टुङ्गो लगाएको हो। समानुपातिकमा ओलीसहित भरत गिरी, ताहिर अली र सरस्वती लामालाई सांसदका लागि सिफारिस गरेको हो।
खस आर्य पुरुषबाट भरत गिरी, महिलामा खुस्बु ओली, मुस्लिम पुरुषबाट ताहिर अली र आदिवासी जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिकमा सिफारिस गरेको छ। गिरी महोत्तरी, ओली, झापा, अली रूपन्देही र लामा धादिङकी हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस