पल्मोनोलोजिस्ट डा रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा


काठमाडौं । चर्चित चिकित्सक डा रमेश चोखानीले अब देखि फ्रन्टलाइन अस्पतालमा बिरामी हेर्ने भएका छन् । चोखाने नेपालका चर्चित चिकित्सक मध्येका एक हुन् । वरिष्ठ पल्मोनरी, क्रिटिकल केयर तथा स्लीप मेडिसिन विशेषज्ञ डा चोखानीले आफ्नो चिकित्सकीय सेवा फ्रन्टलाइन अस्पतालबाट सुरु गर्ने फ्रन्टलाइन अस्पतालले जनाएको छ ।
काठमाडौंमा तीन दशकभन्दा बढी चिकित्सकीय अनुभव हासिल गरेका डा चोखानी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी रोगको उपचारमा अनुभवी चिकित्सकका रूपमा परिचित छन् ।

डा चोखानीले भारतको मौलाना आजाद मेडिकल कलेज, नयाँ दिल्लीबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् । क्लिनिकल सेवासँगै उनीसँग शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण अनुभव रहेको छ । चोखानीले नेपाल मेडिकल कलेजको मेडिसिन विभागमा प्राध्यापकको रूपमा कार्य गरिसकेका छन् । साथै, उनका अनुसन्धान तथा लेखहरू विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय चिकित्सा जर्नलहरूमा प्रकाशित भएका छन् । उनले यस अगाडी नर्भकि इन्टरनेशनल अस्पतालमा समेत सेवा प्रदान गरिसकेका छन् ।

फ्रन्टलाइन अस्पतालका अनुसार डा चोखानीको आगमनले विशेषगरी श्वासप्रश्वास, फोक्सोसम्बन्धी रोग, क्रिटिकल केयर तथा स्लीप डिसअर्डरसम्बन्धी उपचार सेवामा थप सुदृढता आउने विश्वास गरिएको छ । उनको अनुभव र विशेषज्ञताबाट अस्पतालमा उपचारका लागी आउने बिरामीहरूले अझ प्रभावकारी, विशेषज्ञ तथा गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ