हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले देखाए नैतिकता, बालेनलाई सहज हुनेगरी दिए राजीनामा


काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका छन्। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर उनले नैतिकताका देखाउँदै राजीनामा दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहको नेतृत्वमा बनेको सरकारलाई काम गर्न सहज हुने गरी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका छन्। आधा कार्यकाल बाँकी रहँदै बालेन सरकारलाई आफ्नो भिजन कार्यान्वयन गर्नका लागि ठाउँ खाली गरिदिएका हुन्। अन्य सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिहरू लिएकाहरूले पनि यसैगरी नैतिकता देखाएर राजीनामा दिनुपर्ने माग उठ्न थालेको हो।

बालेनले हेटौंडा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा चलाउनका लागि योग्य व्यक्तिलाई खटाउन सक्ने भएका छन्। स्वास्थ्यतिरका अस्पतालसहित विभिन्न समितिका पदाधिकारीले पनि नैतिकता देखाउन ढिला भइसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ