समानुपातिक प्रणाली सरसस्वती लामाका लागि होइन रुबीकुमारीहरूका लागि ल्याइएको हो


समाचार टिप्पणी

काठमाडौं। उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरबीच प्रतिस्पर्धा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ठाकुरलाई समर्थन गरेसँगै उनी नै उपसभामुख बन्ने निश्चित जस्तै छ।

रुबीकुमारी ठाकुर निम्म वर्गकी व्यक्ति हुन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले मधेशी महिलाबाट समानुपातिक सांसद बनाएको थियो। उनले श्रम संस्कृति पार्टीले उपसभामुखमा अघि सारेको हो। सभामुख लिइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा फरक दललाई समर्थन गर्नुपर्ने भएकाले श्रम संस्कृति पार्टीले अघि सारेकी रूबीलाई सर्मथन गरेसँगै उनी नै उपसभामुख बन्ने निश्चित भएको छ। रास्वपाले मात्र होइन अन्य दलले पनि रूबीलाई नै समर्थन गरेका छन्। सबै पार्टीले रूबीलाई समर्थन गरेसँगै राप्रपाले अघि बढाएकी सरसस्वी लामा एक्लिएकी छिन्।

संविधानले आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेकालाई समानुपातिकको व्यवस्था गरेको हो। उक्त ‘क्राइटएरिया’मा श्रम संस्कृति पार्टीले अघि सारेकी रूबीकुमारी ठाकुर पर्छिन्। यता राप्रपाले समानुपातिक सांसद हुँदै उपसभामुखको उम्मेदवार बनाएकी सरस्वती वर्ग संविधानको मर्म र भावनाविपरीत समानुपातिक सांसद बनाइएकी हुन्। सरस्वती पूर्वगृहमन्त्री बुद्धिमान तामाङकी धर्मपत्नी हुन्। आर्थिक, सामाजिक र शैक्षिक तीनवटै दृष्टिकोणले अगाडि रहेकी पूर्वगृहमन्त्री बृद्धिमानकी श्रीमतीलाई राप्रपाले समानुपातिक सांसद बनाएको हो। उनै सरस्वतीलाई रास्वपाले समर्थन गरेर अर्को पार्टीमा फस्टाइरहेको परिवारवादलाई समेत अस्वीकार गरिदिएको छ।

बुद्धिमान अघिल्लो प्रतिनिधिसभामा राप्रपाबाटै समानुपातिक सांसद रहेका थिए। यसपटक श्रीमतीलाई अघि सारे। राप्रपाको समानुपातिक कोटा तरमारा (क्रिमिलियर) वर्गका बुद्धिमान दम्पती पालैपालो व्यवस्थापन गर्ने थलो बन्दै आएको छ। अझ रास्वपाको समर्थनमा बुद्धिमानकी श्रीमती उपसभामुख बन्ने दाउमा थिइन्। तर, रास्वपाले रूबीलाई समर्थन गरेपछि तरमारा वर्गकी बुद्धिमानकी श्रीमती सरस्वतीको उपसभामुख बन्ने योजना र सपना चकनाचुर भएको छ। संविधानमा ल्याइएको समानुपातिक प्रणाली सरस्वती लामा जस्ताका लागि रूबीकुमारी ठाकुरहरू कै हो। समानुपातिक प्रतिनिधित्व गर्दै उपसभामुख बन्न लागेकी रूबीले नै यो व्यवस्थाको असल अभ्यास गर्ने देखिन्छ। सरस्वती होइन रूबीहरू नै उपसभामुख बन्दा यो प्रणाली अझ फस्टाउँछ। समानुपातिक प्रणालीमा उचित प्रतिनिधित्व हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ