डा. शिवजी फोरमको प्रमुख सचेतक मात्र भए तर श्रीमती गौरीकुमारी बनिन् उद्योगमन्त्री


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेकी गौरीकुमारी यादव संघीय समाजवादी फोरमको प्रमुख सचेतक डा. शिवजी यादवका श्रीमती हुन्। श्रीमान डा. शिवजी सांसद हुँदै पार्टीको प्रमुख सचेतकसम्म बने। श्रीमती गौरी श्रीमानलाई टपेर मन्त्री नै बन्न सफल भएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित गौरीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महत्त्वपूर्ण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्। इन्धनको मूल्य वृद्धि, उद्योग कलकारखानामा समस्या देखिरहेको बेला गौरीलाई चुनौतीपूर्ण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो।

गौरीका श्रीमान् डा. शिवजी उपेन्द्र यादव र अशोक राईको पार्टी एकीकरण भएपछि बनेको संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी बनेका थिए। उनी प्रमुख सचेतकभन्दा माथि पुग्न सकेनन्। डा. शिवजी उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल हुँदै केपी शर्मा ओलीको हातबाट टिका लगाएर नेकपा एमालेमा प्रवेश गरेका थिए।

श्रीमती गौरीले रास्वपाबाट प्रतिनिधिसभाको टिकट पाएपछि डा. शिवजी चुनाव लडेनन्। गौरीले चुनाव जितेर उद्योगमन्त्री समेत बन्न सफल भइन्। श्रीमान डा. शिवजी मन्त्री नबनेपनि श्रीमती गौरीले उनको लक्ष्य पूरा गरेकी छिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ