यी हुन् बालेन सरकारका स्वास्थ्यसहित ६ जना महिला मन्त्रीहरू


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा उल्लेखनीय रुपमा महिला सहभागि गराएको छ। बालेन नेतृत्वको सरकारमा कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका छन्, जसले ३७.५ प्रतिशत (झण्डै ४०%) महिला प्रतिनिधित्व कायम गरेको छ।

गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता; संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषी तथा पशुपंक्षी विकास मन्त्रीमा गिता चौधरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सिता वादी नियुक्त भएका थिए। शुक्रबार दोस्रोपटक विस्तार भएको बालेन क्याबिनेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा गौरीकुमारी यादव आएकी छिन्। उद्योगमन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएसँगै बालेन नेतृत्वको सरकारमा ६ जना महिला पुगेका छन्।

नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि विगतका सरकारहरूमा यो लक्ष्य प्राय पूरा हुन सकेको थिएन। बालेन सरकारमा भने महिलाको प्रतिनिधित्वले ४० प्रतिशतको लक्ष्य हासिल गर्न लागेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ