सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस, भट्टराईको सम्भावना


काठमाडौं। रिक्त सचिव पदमा बढुवाका लागि कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस भएको छ। बिहीबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवाका लागि भट्टराई, घिमिरे र नेपालको नाम सिफारिस गरेको हो।

लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासे नेतृत्वको समितिको बैठकले बागमती प्रदेशका कायममुकायम प्रमुख सचिव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव घिमिरे र एडिबीका वैकल्पिक कार्यकारी निर्देशक नेपाललाई सिफारिस गरेको छ। एक नम्बरमा सिफारिस भएका भट्टराई कायममुकायम प्रमुख सचिव रहेको र ३०-५५ ले पनि नछुने भएकाले उनकै बढुवा हुने सम्भावना छ।

घिमिरे ५५ पूरा भइसकेकाले कानुन आउनेवित्तिकै घर पठाउनु पर्ने हुन्छ। नेपालको त दुई हप्ता मात्र जागिर बाँकी छ। सरकारले उनलाई तेस्रो सिफारिसमा पनि सचिवमा बढुवा गर्न सम्भावना न्यून छ। यसअघि घर जाने बेलामा सचिव बनाउने विकृत अभ्यास कम्तिमा यो सरकारले नदोहोऱ्याउने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्दु घिमिरे, #कमलप्रसाद भट्टराई, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ