न्यायतिरका ३ जना सहसचिव सचिवमा बढुवा
काठमाडौं। न्यायतिरका ३ जना सहसचिव सचिवमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले न्याय सेवा, न्याय समूहका सहसचिवत्रय ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी दिए।
कट्टेल र दाहालको सर्वोच्च अदालतको रजिष्ट्रार र भट्टराईको न्याय परिषद्को सचिवमा पदस्थापन गरिएको छ।
मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले कट्टेल, भट्टराई र दाहाललाई सचिवमा बढुवा गरी पदस्थापन गर्न सिफारिस गरेको थियो। सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरी कट्टेल र दाहालको सर्वोच्च अदालतको रजिष्ट्रार र भट्टराईलाई न्याय परिषद्को सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।
कट्टेल र दाहाल सर्वोच्च अदालतको सहरजिष्ट्रार र भट्टराई न्याय परिषद्को सचिवालयमा कायममुकायम सचिवको भूमिकामा थिए। एउटै ‘ब्याच’का सहसचिव कट्टेल, भट्टराई र दाहाल एकसाथ सचिवमा बढुवा भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #ठगिन्द्र कट्टेल, #बाबुराम दाहाल, #रामप्रसाद भट्टराई


तपाईको प्रतिक्रिया दिनुहोस