असोजभित्रै अवकाशमा जाने नेपाल सरकारका ५ सचिव


काठमाडौं। २०८३ असोजभित्रै आधा दर्जन सचिव अनिवार्य अवकाशमा जाँदैछन्। नेपाल प्रशासन सेवाका १, इन्जिनियरिङ सेवाका २, सरकारी वकिल समूहका १ र लेखापरीक्षण सेवाका १ सचिव अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
नेपाल प्रशासन सेवाका रविलाल पन्थ, इन्जिनियरिङ सेवाका गोपालप्रसाद सिग्देल र सरजुकुमार वैद्य, सरकारी वकिल समूहका सञ्जीवराज रेग्मी र लेखापरीक्षण सेवाका बैकुण्ठबहादुर अधिकारी ३ हप्ताभित्रै अवकाशमा जाने सूचीमा छन्। असोज १३ गतेदेखि १८ गते ६ दिनमा ५ सचिव घर जाने भएका हुन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते (त्यसको पर्सिपल्ट) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। प्राविधिक सचिवहरू गोपाल ५ वर्ष सचिव चलाएर र सरजु ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।  महान्यायाधिवक्ता कार्यालयका सचिव (नायब महान्यायाधिवक्ता) सञ्जीवराज रेग्मी असोज १७ गते अनिवार्य अवकाशमा जाँदैछन्। सोही दिन उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी अवकाशमा जाने सूचीमा छन्। दुबै जना ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। अबको ३ हप्ताभित्रै ५ सचिव घर जान लागेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ