परराष्ट्रमा राईपछि ढकाल सचिव बन्ने लाइनमा


काठमाडौं। परराष्ट्र मन्त्रालयमा अमृतबहादुर राईपछि कृष्णप्रसाद ढकाल सचिव बन्ने लाइनमा उभिएका छन्। परराष्ट्रमन्त्री सचिव राई साढे ५६ वर्षका भए। ३०-५५ लागू भए राई पनि अवकाशमा जानेछन्।

त्यसमाथि डेढ वर्ष जागिर बाँकी रहेका राईलाई चीनका लागि राजदूत बनाउन चर्को लबिइङ भइरहेको छ। परराष्ट्र मन्त्रालयको सचिव खाली हुने उच्च सम्भावना देखिन्छ। यस्तो अवस्थामा कृष्णप्रसाद ढकाल परराष्ट्र मन्त्रालयको सचिव बन्नेछन्।

खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको सहसचिव भएका काभ्रेपलाञ्चोकका ढकाल ४८ वर्षका भए। प्रशासन सेवाबाट परराष्ट्रका छिरेका ढकाल सचिव बन्ने लाइनमा बसेका छन्। उनलाई गणेशप्रसाद ढकालले पछ्याइरहेका छन्। गणेश पुसको पहिलो हप्ता ५८ वर्ष पूरा भएर घर जाने भएकाले उनीभन्दा सिनियर कृष्ण नै परराष्ट्र मन्त्रालयको सचिव बन्ने देखिन्छ।पुसको पहिलो हप्ता ५८ वर्ष पूरा भएर घर जाने भएकाले उनीभन्दा सिनियर कृष्ण नै परराष्ट्र मन्त्रालयको सचिव बन्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अमृतबहादुर राई, #कृष्णप्रसाद ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ