यी हुन् भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि प्रस्तावित राजदूत
काठमाडौं। सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले भारतको राजदूतमा निश्चलनाथ पाण्डेलाई सिफारिस गरेको छ। उनी पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन्।
चीनको राजदूतका लागि कल्याणराज शर्मा, अमेरिकाको राजदूतका लागि चिरनजंग थापा र बेलायतको राजदूतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई सिफारिस गरेको हो।
यी छन् प्रस्तावित राजदूतहरू
१. निश्चलनाथ पाण्डे- भारत
२. कल्याणराज शर्मा- चीन
३. चिरनजंग थापा -अमेरिका
४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)
५. जिग्यानकुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी- जर्मनी
९. पद्माक्षी राणा- ओमान
१०. चूडामणि खरेल- मलेसिया
१२. डा. मंचला झा- श्रीलंका
१३. गिरीबहादुर सुनार- साउदी अरेबिया
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस