डा. सापकोटासँग २ करोड बढी अकुत सम्पत्ति
काठमाडौं। डा. अर्जुन प्रसाद सापकोटासँग २ करोडभन्दा बढी अकुत सम्पत्ति भेटिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आरोपमा सापकोटा दम्पतीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो २ करोड ३ लाख ९४ हजार ६ सय २५ रुपैयाँ १४ पैसा कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर छ। अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा सापकोटाको श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ।
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्य गर्दाको अवधिमा प्रमुख शहरहरू काठमाडौं लगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको, मंहगो सवारीसाधन खरिद गरेको लगायतका अमिल्दो जीवन बिताएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा दुई करोड बढी अकुत सम्पत्ति भेटाएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस