२०७१ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट भएका सहसचिवहरूको सचिव बन्ने चक्र पूरा
काठमाडौं। २०७१ साल फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट भएका सहसचिवहरूको सचिव हुने चक्र पूरा भएको छ। रूद्रसिंह तामाङ सचिव भएसँगै २०७१ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकाहरूको सचिव हुने चक्र पूरा भएको हो।
२०७१ साल फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, विनोदबहादुर कुँवर, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङ सचिवमा बढुवा भएका भएका छन्। उक्त ‘ब्याच’का सहसचिव श्रीकृष्ण नेपाल भने सचिव बढुवाको मुखमा ५८ वर्ष पूरा भएर घर गएका हुन्।
राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, विनोदबहादुर कुँवर, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङसँगै सहसचिव भएका श्रीकृष्ण नेपाल, विष्णुराज लामिछाने, मनोहरप्रसाद खनाल, शंकरबहादुर थापा, विष्णुप्रसाद पोखरेल, जीवनप्रकाश सिटौला सहसचिवबाटै घर गइसकेका छन्। त्यसमा श्रीकृष्ण नेपाल पनि घर गएका हुन्। बाँकी रहेका पौडेल, भट्टराई, घिमिरे, कुँवर, पराजुली र तामाङ सचिव भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #इन्दु घिमिरे, #कमलप्रसाद भट्टराई, #कालीप्रसाद पराजुली, #जीवनप्रकाश सिटौला, #मनोहरप्रसाद खनाल, #राजेन्द्रकुमार पौडेल, #रूद्रसिंह तामाङ, #विनोदबहादुर कुँवर, #विष्णुप्रसाद पोखरेल, #विष्णुराज लामिछाने, #शंकरबहादुर थापा, #श्रीकृष्ण नेपाल


तपाईको प्रतिक्रिया दिनुहोस