रामेछापका प्रमुख कोष नियन्त्रक भण्डारीले दिए राजीनामा, परमालाई दिइयो कामुको जिम्मेवारी

महालेखा नियन्त्रक कार्यालयले गऱ्यो ८१ लेखा अधिकृतको सरूवा, १२ अधिकृतलाई कामु प्रमुख कोष नियन्त्रकको जिम्मेवारी


काठमाडौं। रामेछाप कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख लेखा नियन्त्रक हिमलाल शर्मा भण्डारीले राजीनामा दिएका छन्। डेढ वर्ष जति जागिर रहेका भण्डारीले ३०-५५ लागू हुनु अगावै राजीनामा दिएर हिँडेका हुन्।

हिमलाल भण्डारीले राजीनामा दिएलगत्तै रामेछाप कोलेनिका परमा कायममुकायम प्रमुख कोष नियन्त्रकको जिम्मेवारी परमा पौडेल आचार्यलाई दिइएको छ। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत परमालाई रामेछापको कायममुकायम प्रमुख कोष नियन्त्रक बनाएर पठाइएको हो। परमा लेखा उपसचिवमा बढुवा हुने लाइनमा छिन्।

महालेखा नियन्त्रक कार्यालयले रामेछापमा मात्र होइन १२ वटा कोलेनिकामा कामु प्रमुख कोष नियन्त्रक खटाएको छ। ८१ जना लेखा अधिकृत सरूवा गर्दा १२ जनालाई कायममुकायम प्रमुख कोष नियन्त्रकमा खटाइएको हो।

रामेछाप, तेह्रथुम, संखुवासभा, धनकुटा, ओखलढुङ्गा, सोलुखुम्बु, सर्लाही, रुकुम पश्चिम, मुस्ताङ, सल्यान, कञ्चनपुर र डोटी कायममुकायम प्रमुख कोष नियन्त्रक खटाइएको हो। रामेछापमा परमा, तेह्रथुममा राजेन्द्र ओझा, रूकुम पश्चिममा राजेन्द्रप्रसाद आचार्य, ओखलढुङ्गामा पृथ्वीराज भुसाल, धनकुटामा राजेन्द्र भट्टराई, मुस्ताङमा विष्णुप्रसाद शर्मा, सल्यानमा प्रकाश आचार्य, सर्लाहीमा जयकुमार कटुवाल, संखुवासभामा बालकृष्ण पोखरेल, डोटीमा श्यामराज जोशी, सोलुखुम्बुमा प्रकाश गौतम र कञ्चनपुरमा दिपक पौडेल कायममुकायम प्रमुख कोष नियन्त्रक बनाएर पठाइएको छ। लेखा उपसचिवमा बढुवा हुन लागेका लेखा अधिकृतलाई १२ जिल्लाको कायममुकायम प्रमुख कोष नियन्त्रकमा सरूवा गरिएको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #परमा पौडेल आचार्य, #हिमलाल शर्मा भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ