भेल्पा-हात्तीवन आयोजनाका अवैध संरचना हटाउने तयारी
काठमाडौं। ललितपुरस्थित भेल्पा-हात्तीवन जग्गा एकीकरण आयोजनाका अवैध संरचना हटाउने तयारी भएको छ। शुक्रबार (आज) भेल्पा-हात्तीवन जग्गा जग्गा एकीकरण आयोजनमा रहेका अवैध संरचनामाथि डोजर लगाउने तयारी भएको हो।
आयोजना विकास, विस्तार र सार्वजनिक जग्गा संरक्षणका लागि शुक्रबार कार्यक्रम अघि बढाउन लागिएको आयोजना प्रमुख घनश्याम पौडेलले जानकारी दिए। आयोजनाले उक्त क्षेत्रमा ट्रायल सेन्टर, कार वासिङ सेन्टर, सार्वजनिक जग्गामा बनेका हाउजिङ, खाजा घर लगायातका अवैध संरचनामा डोजर चलाउन लागेको हो। पौडेलले नेतृत्व गरेपछि उक्त आयोजनाको कामले गति लिएको छ।





तपाईको प्रतिक्रिया दिनुहोस