वीपी प्रतिष्ठानद्वारा झन्डै डेढ करोडको सोझै खरिद


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले झन्डै डेढ करोडको निर्माण तथा सर्जिकल सामग्री सोझै खरिद गरेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६० औं प्रतिवेदन अनुसार वीपी प्रतिष्ठानले १ करोड ४२ लाख ७२ हजार रुपैयाँ बराबरको निर्माण र सर्जिकल सामग्री सोझै खरिद गरेको हो । सार्वजनिक खरिद ऐन, २०६४ को दफा ८ (२) मा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा पारेर खरिद गर्न नहुने उल्लेख छ । तर, वीपी प्रतिष्ठानले झन्डै डेढ करोडको निर्माण कार्य र सर्जिकल सामग्री सोझै खरिद गरेको महालेखाको ठहर छ । प्रतिस्पर्धा बेगरको खरिद नियन्त्रण गर्नु पर्ने महालेखाले औंल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार भरतपुर अस्पतालले मेसिनरी औजार उपकरणमा २ करोड ८७ लाख ७८ हजार रुपैयाँको सोझै खरिद गरेको छ । उक्त खरिदले सार्वजनिक खरिद ऐनलाई ठाडै चुनौती दिएको छ ।

त्यस्तै स्वास्थ्य बीमा बोर्डले कार्यालय सामान र फर्निचरमा ४८ लाख ५ हजार रुपैयाँ दुरुपयोग गरेर सोझै खरिद गरेको महालेखाको ठहर छ । स्वास्थ्य क्षेत्रमा मात्र ४ करोड ७८ लाख ५५ हजारको सोझै खरिद गरेको महालेखाले सार्वजनिक गरेको छ । कानुनविपरीतको खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरेर भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #बेरुजु, #महालेखा परीक्षकको कार्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com