नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ एजेण्डा, गाँजाको उत्पादन र व्यापारले पहिलो पटक पायो प्रवेश


काठमाडौं । आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ विषय समावेश भएका छन् । यस पटक केही नयाँ विषयले पनि स्वास्थ्यको नीति तथा कार्यक्रममा प्रवेश पाएको छन् । स्वास्थ्य लाइभलाइ अर्थ मन्त्रालयबाट प्राप्त जानकारी अनुसार स्वास्थ्यका १४ वटा विषय मध्ये ९ वटा नयाँ रहेका छन् ।

गज्जब चै केछ भने पहिलो पटक गाँजाले नीति तथा कार्यक्रममा प्रवेश पाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले औषधीको गुण भएका गाँजा खेती गर्ने र त्यसको उत्पादन, प्रशोधन र व्यापारलाई कानुनमार्फत व्यवस्थित बनाउने बताएको छ ।

पूर्व सचिव तथा गाँजा अभियान्ता भीम उपाध्याय र स्वास्थ्य लाइभले निरन्तर आवाज उठाउँदै आएको यो विषयले पहिलो पटक नीति तथा कार्यक्रममा प्रवेश पाएको हो । एक अधिकारीले भने, औषधीय गुण भएका यार्सागुम्बा र गाँजाको उत्पादन, प्रशोधन, वितरण, प्रयोग र व्यापारलाई कानुनमार्फत व्यवस्थित गरिने कुरा नीति कार्यक्रममा समावेश गरिएको हो ।

त्यस्तै स्वास्थ्य लाइभले उठाउँदै आएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन निर्माणले पनि स्थान पाएको छ । प्रतिष्ठान पिच्छेका उपकुलपतिले आफू अनुकुल सेवा सुविधा लिएपछि त्यसको चौतर्फी विरोध भएको थियो । अब भने एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गरिने छ । साथै संघ अन्तर्गत रहेका सबै अस्पताललाई शिक्षण अस्पतालका रुपमा बिकास गरिने छ ।

 यस्ता छन् नीति तथा कार्यक्रम 

  1. सातै प्रदेशका संघीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा केन्द्र स्थापना गर्ने  ।
  2. सबै प्रादेशिक तथा संघीय अस्पताल तथा प्रतिष्ठानमा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवा सुचारू गर्ने । उमेर ढल्कदै जाँदा हुन सक्ने डिमेन्सिया र अल्जाईमर्सको समयमै निदान गर्न स्क्रिनिङ गरिने छ ।
  3. पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी रुपमा बिस्तार गरिने ।
  4. वर्तमान औषधि व्यवस्था विभागको संगठन संरचनालाई खाद्य औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिने ।
  5. स्वास्थ्य लाइभ मिडियाले विगत देखि उठाउँदै आएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गरिने । संघ अन्तर्गत रहेका सबै अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने ।
  6. नेपाल सरकारका सबै स्वास्थ्य स‌स्था, सबै सामुदायिक तथा सहकारी अस्पताल र नीजि अस्पतालको हकमा १०० शय्या र सो भन्दा माथिका अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने ।
  7. स्वास्थ्य बीमामा सबै सरकारी तथा नीजि सङ्गठित संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा ऐन र नियमावली बमोजिम हरेक वर्ष स्वास्थ्य बीमामा आवद्धता गरिने ।
  8. मेक इन नेपालको मर्म अनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरु स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरिने ।
  9. पूर्व सचिव भीम उपाध्याय र स्वास्थ्य लाइभले निरन्तर आवाज उठाउँदै आएको औषधीय गुण भएका यार्सागुम्बा र गाँजाको उत्पादन, प्रशोधन, वितरण, प्रयोग र व्यापारलाई कानुनमार्फत व्यवस्थित गरिने कुरा नीति कार्यक्रममा समावेश गरिएको छ ।
  10. नवजात शिशु मृत्युदर बढी भएका स्थानीय तहहरूको छनोट गरी नवजात शिशु स्याहार तथा उपचार सेवालाई  विशेष कार्यक्रम मार्फत सम्बोधन गरिने भएको छ ।
  11. सबै संघीय अस्पतालहरूमा एक चिकित्सक / स्वास्थ्यकर्मी ।  एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने छ ।
  12. मौजुदा संगठन संरचनामा परिमार्जन गरिने ।
  13. क्षयारोग मुक्त नेपाल अभियान स्थानीय तहहरुमा निरन्तरता तथा नयाँ बिस्तार गरिने ।
  14. पूर्व मनसुन, मनसुन र मनसुन पश्चात गरी तीन पटक हरेक स्थानीय तहमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्ने ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम, #स्वास्थ्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com