मध्ये भोटेकोशीको आइपीओ बैशाख २१ मा खुल्ने


काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत आयोजनाले परियोजना प्रभावित सिन्धुपाल्चक जिल्लाका स्थानीयको लागि वैशाख २१ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएको १ अर्ब ५० करोड रपैयाँ बरारबको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले वैशाख २१ गतेबाट आयोजना निमार्णस्थल सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो ।

जसमा पनि आयोजनाबाट प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा। नम्बर १ र ५, बाह्रविसे नगरपालिका वडा ५, ६, ७ र ८ का स्थानीयको लागि १८ लाख कित्ता छुटएको छ भने बाँकी ४२ लाख कित्तामा जिल्लाका अन्य सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आईपीओमा सर्वसाधारणले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ २० सम्म आवेदन दिने समय थप हुनेछ । स्थानीयले न्युनतम १० कित्तादेखि बढीमा ४०० कित्ता सम्मको लागि आवेदन गर्न सक्नेछन् ।

कुल २५ प्रतिशत आईपीओ जारी गर्न लागेको कम्पनीले ९० लाख कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल रहेकोे छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मध्ये भोटेकोशीको

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com