९० प्रतिशत खोप धनी र उच्च-मध्यम आय भएका देशमा खपत
 
	
                                             कोरोना संक्रमण नियन्त्रण गर्न धनी देश र वित्तीय संस्थाहरूले योगदान वृद्धि गर्नुपर्ने एड्स रोकथामसम्बन्धी विश्वव्यापी सञ्जाल भएको सबैभन्दा ठूलो संस्था एड्स हेल्थकेयर फाउन्डेसन (एएचपी)ले बताएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न धनी देश र वित्तीय संस्थाहरूले योगदान वृद्धि गर्नुपर्ने एड्स रोकथामसम्बन्धी विश्वव्यापी सञ्जाल भएको सबैभन्दा ठूलो संस्था एड्स हेल्थकेयर फाउन्डेसन (एएचपी)ले बताएको छ । 
बुधबार दक्षिण तथा दक्षिणपूर्वी एसियाका चिकित्सक तथा सञ्चारकर्मीहरूसँग भर्चुअल सम्मेलन गर्दै एड्स हेल्थ केयर फाउन्डेसनका एसिया ब्युरो प्रमुख डा. सरथ छिमले कोभिड संक्रमणको अवस्था धनी देशहरूमा समाधान हुँदै गएको भए पनि न्यून र मध्यम देशहरूले कठिनाइ भोगिरहेको बताए ।
‘भारतलगायतका देशमा नयाँ वेभलाई नियन्त्रण गर्न कठिन परिरहेको छ’ उनले भने । संक्रमण रोक्ने एक मात्र उपाय विश्वका सबैलाई खोप दिनु नै रहेको एड्स हेल्थ केयर फाउन्डेसनको भनाइ छ । अहिलेसम्मको तथ्यांकले उत्पादन भएकोमध्ये ९० प्रतिशत (७ करोड) खोप धनी र उच्च–मध्यम आय भएका देशमा गएको देखाएको छ । न्यून आय भएका देशहरूले जम्मा शून्य दशमलव २ प्रतिशत मात्र प्राप्त गरिरहेका उनले जानकारी दिए ।
कोभिड–१९ को संक्रमणलाई रोक्नका लागि एएचपीले सबैलाई खोप (भ्याक्सिनेट आवर वर्ल्ड) अभियान थालेको छ । यसका लागि धनी मुलुकहरूको संगठन जी ट्वान्टी र विश्वव्यापी वित्तीय संस्थाहरूलाई आफ्नो योगदान वृद्धि गर्न आग्रह गरिरहेको छ । त्यसको साथै, धनी राष्ट्रहरूले विकास गरेका खोपमा प्याटेन्ट अधिकार छोड्न र खोपको उत्पादनलाई दु्रत बनाउन भनेको छ । एएचपीले संसारका सबै साढे ७ अर्ब मानिसलाई खोप लगाउने अभियानमा सबै देश, व्यक्ति र संस्था एक भएर लाग्न आह्वान गरेको छ ।
धनी र गरिब सबैलाई बराबर रूपमा खोपको पहुँच पुर्याउनका लागि उत्पादन वृद्धि थाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । यो अभियानअन्तर्गत संसारका विभिन्न सहरहरूमा कार्यक्रमको आयोजना गरिसकेको छ । बैंकक, नैरोबी, अबुजा, जोहानेसबर्ग, लन्डन, साओ पाउलो र वासिङ्टन डिसीमा अभियानले कार्यक्रम गरिसकेको छ । #साभार
क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली
 
                            
                             
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस