सरकारले ‘कोरोनाभ्याक’ लाई प्रयोग अनुमती दियो, खोप ल्याउन दिएन


काठमाडौं । सरकारले खोप आयात अनुमतीमा समेत सिन्डिकेट लागु गरेको छ । आफु अनुकुल कम्पनीलाई तत्काल आयात अनुमती दिएको छ भने, अनुकुल नभएका कम्पनीलाई रोक लगाएको छ ।

औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिलेमतोमा कोभिड खोपमा सिन्डिकेट लागु गरिएको अधिकारीहरुले बताएका छन् । औषधि व्यवस्था विभागले २१ जेठमा ‘कोरोनाभ्याक’ लाई नेपालमा प्रयोग अनुमती दियो तर, खोप ल्याउन अनुमती दिएको छैन ।

सबै भन्दा पहिला खोप नेपालमा प्रयोग गर्न अनुमती चाहिन्छ । सम्बन्धित देशले प्रयोग अनुमती पाएपछि ल्याउन अनुमती दिइन्छ । तर, हाल सरकारले प्रयोग अनुमती दिएपनि ल्याउन रोक लगाएको छ ।

११ दिन अगाडी प्रयोग अनुमती पाएको चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोप ल्याउन अनुमती नदिनु सिमित कम्पनीसँग सेटिङ गर्नु भएको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजात सबै पुगेको औषधि व्यवस्था विभागले जनाएको छ । कागतजात पुरा भएकै आधारमा विभागले ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । अब आयात अनुमती दिन बाँकी छ । औषधि व्यवस्था विभागका सुचना अधिकारी सन्तोष केसी ‘कोरोनाभ्याक’ को आयात अनुमती प्रक्रियामा रहेको बताउँछन् । यसमा कुनै स्वार्थ लुकेको छैन केसीले भने, हामी एक हप्ता भित्र अनुमती दिन्छौं ।
सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत आपतकालीन प्रयोगका लागि अनुमित दिएको छ । अधिकारीहरुका अनुसार ‘कोरोनाभ्याक’ पनि हामीलाई मिल्ने भण्डारण क्षमता भएको खोप पनि हो ।

अधिकारीहरुले बताए अनुसार सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था छैन ।

तत्काल १० लाख डोज ल्याउने

विभागले सिनोभ्याक खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको थियो । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्र्याइने छ । विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताए । तर, उनलाई तत्काल नदिने पक्षमा अधिकारीहरु छन् ।

बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १ सय तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ । भण्डारीले बीस दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको जानकारी दिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com